निर्वाचन आचारसंहिताबारे विराटनगरमा छलफल

  • असोज २२, २०७९ / नेपाल रेखा
alt

  • कुमोद अधिकारी
    विराटनगर । आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचन निश्पछ, स्वतन्त्र एवम् भयरहित वातावरणमा सम्पन्न गर्न निर्वाचन सम्वन्धि आचारसंहिता पालना सवै दलको सहयोग अपरिहार्य रहेकोमा सहभागी वक्ताहरुले जोड दिएका छन् ।
    निर्वाचन कार्यालय प्रदेश नं. १ विराटनगरको आयोजनामा जिल्ला प्रशासन कार्यालय मोरङमा शनिबार आयोजित प्रदेशसभा तथा प्रतिनिधिसभाको निर्वाचन आचारसंंहिता पालनामा राजनीतिक दल तथा उमेदवारको भूमिका सम्वन्धि छलफल कार्यक्रममा उनीहरुले आचारसंहिता पूर्ण रुपले कार्यान्वयन गराउन अनुगमन प्रभावकारी बनाउनु आवश्यक रहेको बताए ।
    कार्यक्रममा बोल्दै मोरङ जिल्लाका मुख्य निर्वाचन अधिकृत दुर्गाप्रसाद ढुंगेलले आचारसंहिता पूर्ण रुपले पालना गराउन राजनीतिक दलहरुको सामूहिक प्रतिवद्धता आवश्यक रहेको बताए ।
    मंसिर ४ गते हुन लागेको निर्वाचनका लागि जिल्ला स्त्तरमा निर्वाचन प्रक्रिया शुरु भइसकेकाले आइतबार हुने मनोनयन दर्ताका लागि दलहरुले समन्वय गरि मनोनयनको समय निर्धारण गरे मनोनयन सहज हुने उनको भनाइ थियो ।
    मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले मंसिर ४ गते हुन लागेको निर्वाचनमा मोरङ जिल्लामा नेपाली सेना, नेपाल प्रहरी सशस्त्र प्रहरी, राष्ट्रिय अनुन्धान तथा म्यादी प्रहरी सहित साढे सात हजार सुरक्षाकर्मी परिचालन हुने बताए ।
    निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षा व्यवस्थामा कुनै कसर बांकी नराख्ने भन्दै सबैलाई ढुक्क भएर मतदान प्रक्रियामा सहभागी हुन आग्रह गरे ।
    निर्वाचन कार्यालय प्रदेश नं. १ का प्रमुख लेमन काश्यप अधिकारीले आचारसंहिता कार्यान्वयन, मनोनयन दर्ता तथा निर्वाचन कार्यतालिका बारे कार्यपत्र प्रस्तुत गरे ।
    कार्यक्रममा नेकपा एमाले मोरङ जिल्ला अध्यक्ष ऋषिकेष पोखरेल नेपाली कांग्रेस मोरङका सचिव ललित श्रेष्ठ तथा राष्ट्रिय प्रजातन्त्र पार्टी मोरङका अध्यक्ष माधव आचार्यले आचारसंहिता पूर्ण रुपले कार्यान्वयन गराउन सामाजिक सन्जाललाई व्यवस्थित बनाउनु आवश्यक रहेकोमा जोड दिए ।
    कार्यक्रममा मोरङका ६ वटै निर्वाचन क्षेत्रका निर्वाचन अधिकृत सहायक निर्वाचन अधिकृत बिभिन्न राजनीतिक दलका प्रतिनिधि तथा जिल्ला स्थित सुरक्षा निकाय तथा राष्ट्रिय अनुसन्धानका प्रमुखको सहभागिता थियो ।

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

उद्धार उडानको प्रतीक ...

रसुवाकाे गोसाईकुण्डबाट फर्किएर अलपत्र अवस्थाम ...

बाढीका पीडितलाई डब्ल ...

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले रसुवाक ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]