निर्वाचनमा युवा तथा बालबालिकाको अधिकारको सम्मान गर्न सुनसरीका युवाको माग

  • असोज ३, २०७९ / नेपाल रेखा
alt

इनरुवा । आसन्न निर्वाचनमा बालबालिकाको संवैधानिक हक र बाल अधिकार सम्बन्धी महासन्धिले गरेका व्यवस्थालाई सम्मान गर्न सुनसरीका युवाहरुले राजनीतिक दललाई आग्रह गरेका छन् । यसैगरी, उनीहरुले राष्ट्रिय युवा नीति २०७२ ले तय गरेका युवाको क्षेत्रका १५ मुख्य रणनीतिलाई कार्यान्वयनमा ल्याउनका लागि निर्वाचन घोषणापत्रमा समावेश गर्नका लागि समेत दलहरुलाई अनुरोध गरेका छन् ।
आइतबार जिल्ला प्रशासन कार्यालय सुनसरीमार्फत सो मागपत्र सबै दलहरुलाई बुझाएका छन् । सो अवसरमा बोल्दै सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बालबालिका र युवाहरुका माग जायज भएको बताउँदै आफ्नो दायित्व निर्वाह गर्न सबैलाई आग्रह गरे । जिल्लामा हुने सर्वदलीय र सर्वपक्षीय बैठकमा युवाहरुका मागको बारेमा छलफल गरी कार्यान्वयनमा ल्याउनका लागि सबैलाई आग्रह गर्ने समेत प्रमुख जिल्ला अधिकारी यादवले बताए ।
सो अवसरमा मागपत्र पेश गर्दै परिवर्तनका संवाहक समूहमा आवद्ध युवाहरुले राष्ट्र विकासका मूल खम्बाको रुपमा रहेका युवाहरुका मागलाई गम्भीरताका साथ सम्बोधन गर्न सम्वद्ध सबै पक्षलाई आग्रह गरे ।
राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा २१ (त) ले कुनै पनि दलले राजनीतिक गतिविधिमा बालबालिकाको प्रयोगलाई पूर्ण रुपमा रोक लगाएको छ । तर, बालबालिकाको स्थितिपत्र र निर्वाचन पर्यवेक्षण प्रतिवेदन अनुसार नेपालमा राजनीतिक दलहरुले आयोजना गर्ने जुलुस, आमसभा तथा स्वागत कार्यक्रमहरुमा बालबालिकाको व्यापक प्रयोग हुँदै आइरहेको छ ।
विभिन्न युवा सञ्जालमा आवद्ध २१ जना युवाहरुको सुनसरीमा भएको कार्यशालाले सो मागपत्र सुनसरी जिल्लाका सबै स्थानीय तह र स्थानीय तहमार्फत राजनीतिक दलहरुलाई समेत पेश गर्ने निर्णय गरेको छ ।
कार्यशालाले बालबालिकाको स्थितिपत्र तयार गरी सार्वजनिक गर्न सम्पूर्ण स्थानीय तहहरुलाई अनुरोध गरेको छ । यसैगरी, युवाहरुको रोजगारी अवस्थाको सर्वेक्षण गरी विस्तृत प्रतिवेदन तयार गर्न, बालबालिका तथा युवाहरुका संवैधानिक र अन्य कानुनी हकको सम्मान गर्न, स्थानीय सरकारका एकल अधिकारको सूचीमा रहेका विषयको कार्यान्वयनका लागि आवश्यक कानुन निर्माण गरी कार्यान्वयनमा ल्याउन, शिक्षालाई अधिकारको रुपमा लिई विद्यालयमा राजनीतिक क्रियाकलाप नगर्न, निर्वाचनमा युवा तथा बाल क्लबका प्रतिनिधिहरुलाई संस्थागत रुपमा निर्वाचन पर्यवेक्षण कार्यमा सहभागी गराउन समेत राजनीतिक दल र सम्बद्ध अधिकारीहरुमा अनुरोध गरेको छ ।
प्लान इन्टरनेशनल नेपालको सहयोगमा सामुदायिक समाज उत्थान केन्द्र सुनसरीले सुनसरी जिल्लाका ६ स्थानीय तहमा पहिलो समूहका युवालाई लक्षित गरी सहजीकरण गरिरहेको नेतृत्व र निर्णय परियोजना अन्तर्गत पहिलो समूहका युवा (१६ देखि २४ वर्षका) लाई लक्षित गरी युवाको क्षमता तथा नेतृत्व विकास सम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ ।
मागपत्र पेश गर्ने कार्यक्रमका अवसरमा नेतृत्व र निर्णय परियोजनाका संयोजक निशा पराजृुली र सामुदायिक समाज उत्थान केन्द्रका अध्यक्ष इन्द्र कर्णले समेत युवाहरुका सवालका बारेमा बोलेका थिए ।

01 News Photo

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

उद्धार उडानको प्रतीक ...

रसुवाकाे गोसाईकुण्डबाट फर्किएर अलपत्र अवस्थाम ...

बाढीका पीडितलाई डब्ल ...

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले रसुवाक ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]