भोजपुरमा १६ हजार बालबालिकालाई कोरोना विरुद्धको खोप दिइयो

  • भदौ २८, २०७९ / नेपाल रेखा
alt

भोजपुर । पाँचदेखि ११ बर्षका बालबालिकालाई कोरोनाविरुद्धको फाइजर खोप लगाउने अभियान जिल्लामा अहिले पनि जारी रहेको छ ।
स्वास्थ्य कार्यालयका सूचना अधिकारी सुरेन्द्र बुढाथोकीले यहाँका साढे १६ हजार बालबालिकालाई कोरोना विरुद्ध खोप दिएको जानकारी दिए । कोरोना रोकथामका लागि यहाँका हालसम्म १६ हजार पाँच सय २४ बालबालिकाले खोप लगाएका छन् ।
पहिला मात्र खोप लगाएकाहरूका लागि पुनः दोस्रो मात्राको खोप अभियान सञ्चालन गर्न लागिएको उनले बताए । भदौ २७ गते दोस्रो चरणको अभियान सुरु भएको छ । खोपका लागि तोकिएको उमेर समूह विद्यालयमा बढी हुने भएकाले विद्यालय र स्वास्थ्य संस्थामा खोप केन्द्र कायम गरिएको छ ।
स्वास्थ्य कार्यालयको तथ्याङ्कानुसार जिल्लामा अहिलेसम्म एक लाख सात हजार सात सय ५४ जनाले कोरोनाविरुद्धको खोप लगाइसकेका छन् । खोपबाट बञ्चित नहुन भन्नका लागि जिल्ला अस्पतालमा समेत हप्तामा एक दिन खोप लगाउने व्यवस्था मिलाइएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

कोशी प्रदेश सरकारले ...

विराटनगर । २०८३ सालको संबिधान दिवस भब्यताका साथ मनाउन क ...

मुस्कुराइरहेको प्रकृ ...

–विजय खतिवडा प्राकृतिक सौन्दर्य, जैविक विविधता र ...

सिदादान गर्न लामबद्ध ...

कुशे औँशीका अवसरमा शुक्रबार भक्तपुर नगरपालिका ...

भोटेकोशी बाढीमा बेपत ...

इटहरी । भदौ १० गते आएको भोटेकोशी बाढीमा बेपत्ता भएका बर ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]