धिरेन्द्रकुमार चौधरी रामधुनी । रामधुनी नगर प्याब्सन कमिटीको आयोजनामा वक्तृत्वकला प्रतियोगिता ई विजडम बोर्डिङ स्कुल रामधुनी–९ मा आइतबार सम्पन्न भएको छ । प्रतियोगितामा प्रथम, द्धितिय र तृतीय क्रमशः नवकिरण एकेडेमीका विज्ञान पुरी, युनिक एकेडेमीका उपासना थापा र लक्ष्मी मेमोरियलका जेनिशा श्रेष्ठ भए । त्यसैगरी सान्त्वना युनिक एकेडेमीका सम्बृद्ध सुबेदी, बेबी ल्याण्ड मेमोरियलका रेमन कार्की र सरस्वती ई बो का जेनिशा चौधरी भएका थिए । कार्यक्रममा प्रमुख अतिथी रामधुनी नगरपालिका वडा न. ९ का वडा अध्यक्ष घनश्याम चौधरीले विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन र चौतर्फी बिकासका लागि वक्तृत्वकला प्रतियोगिता महत्वपूर्ण रहेको चर्चा गरेका थिए । कार्यक्रममा बिजेताहरुलाई रामधुनी नगर प्याब्सनका अध्यक्ष अच्युत ढकालले शिल्ड बितरण गरेका थिए । प्रतियोगितामा १४ वटा निजी बिद्यालयका बिद्यार्थीले भाग लिएको आयोजकले जनाएको छ । आधारभूत तहका बिद्यार्थीले भाग लिएको कार्यक्रममा अङ्ग्रेजी माध्यममा सबैले आफ्नो बिषय राखेका थिए । कार्यक्रममा स्थानीय विश्व कार्कीले निजी बिद्यालयका बिद्यार्थी अङ्ग्रेजीमा जान्ने र नेपाली बिषयमा कमजोर हुने तथा सामुदायिक बिद्यालयका बिद्यार्थी अङ्ग्रेजीमा कमजोर हुने भएकोले बिद्यालयले राम्रो शिक्षा दिनुपर्नेमा जोड दिए । कार्यक्रममा स्थानीय कार्यक्रम संयोजक ई विजडम बोर्डिङका प्रिन्सिपल रामचन्द्र चौधरी, माउन्ट समिटका भोजबिक्रम कार्की लगायत विभिन्न बिद्यालयका प्रतिनिधिको सहभागिता रहेको थियो । कार्यक्रम ओमराज चौधरीले संचालन गरेका थिए । सो अबसरमा बिद्यार्थीहरुले सास्कृतिक कार्यक्रम समेत प्रस्तुत गरे ।