उद्योग वाणिज्य संघ इटहरीले उपमहानगरपालिकालाई दियो घुम्ती शौचालय

  • भदौ २४, २०७९ / नेपाल रेखा
alt

इटहरी । प्रदेश नम्बर १ कै व्यस्त सहर हो इटहरी बढ्दो सहरीकरणसँगै बढ्ने जनघनत्व र त्यसको व्यवस्थापनमा पनि चुनौती थपिदै जान्छ । चौरास्तामा पर्ने इटहरी मुख्य चौक भएर दैनिकजसो हजारौ मानिस आवतजावत गर्ने गर्दछन् ।
तर इटहरीमा आवश्यक परेको वखत शौचालयको उपलब्धता नहुदा आगन्तुक तथा स्थानीयहरु शौचालय प्रयोग गर्नैका लागि खाजा नास्ताको बहानामा होटल पस्नुपर्ने बाध्यता रही आएको थियो ।
सोही कुरालाई मध्यनजर गर्दै उद्योग वाणिज्य संघ इटहरीले इटहरी उपमहानगरपालिकालाई १० वटा कोठा भएको घुम्ती शौचालय २ थान र २ वटा कोठा भएको पोर्टेबल शौचालय ७ थान हस्तान्तरण गरेको छ ।
इटहरीको बिभिन्न ठाउँमा राखी प्रयोग गर्न सकिने गरी संघले करिब ४० लाख रुपैयाँ लागतमा निर्माण गरिएको ९ थान शौचालय शुक्रबार एक कार्यक्रमका बीच इटहरी उपमहानगरपालिकालाई हस्तान्तरण गरेको हो ।
सार्वजनिक शौचालय बुझ्दै इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले उद्योग वाणिज्य संघ इटहरीले उपलब्ध गराएको यो शौचालयको व्यवस्थापनमा नगर कटीबद्ध रहेको बताए । उनले आवश्यकता अनुरुप सो शौचालयको उपयोग गरिने समेत बताएका छन् ।
यस्तै इटहरी बजार क्षेत्रको आवश्यकता अनुरुप २ वर्ष अघिनै सार्वजानिक शौचालय ल्याउने कोसीस गरेको बताउँदै उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष भीम बहादुर पौडेलले चौरास्तामा पर्ने इटहरी क्षेत्रको एउटा आवश्यकता यस घुम्ती शौचालयले परिपूर्ति गर्ने विश्वास व्यक्त गरे । सोही कार्यक्रमका बीच बोल्दै नागरिक समाज इटहरीका अध्यक्ष राजु केसीले उक्त शौचालयको व्यवस्थापन र निरन्तर सरसफाइ यसको अर्को समस्याको रुपमा रहन सक्ने भन्दै यसको व्यवस्थापनका निम्ति सम्बन्धित निकाय सजग रहेमा यस सार्वजानिक शौचालयको औचित्य पुष्टी हुने विश्वास व्यक्त गरे ।
इटहरी बजार क्षेत्रमा सार्वजानिक शौचालय नहुदा बिगत लामो समयदेखी यात्रु तथा स्थानीयलाई एक प्रकारको सास्ती नै हुने गरेको थियो । यसैबीच केही समय अगाडी इटहरीको मुख्य चोक क्षेत्र रेयुकाई चौतारीमा अपागंता तथा बालमैत्री शौचालय निर्माणका लागि शिलान्यास पनि गरिएको थियो ।

IMG_0367

उद्धार उडानको प्रतीक ...

रसुवाकाे गोसाईकुण्डबाट फर्किएर अलपत्र अवस्थाम ...

बाढीका पीडितलाई डब्ल ...

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले रसुवाक ...

प्रभावित जिल्लामा तत ...

काठमाडौँ । सरकारले आपत्कालीन व्यवस्थापनका लागि प्रभावित ...

रसुवामा भीषण बाढी, स ...

रसुवा । रसुवामा आएको भीषण बाढीका कारण स्याफ्रुबेँसी, टि ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]