प्रदेश १ साक्षर घोषित

  • भदौ २४, २०७९ / नेपाल रेखा
alt

  • कुमोद अधिकारी
    विराटनगर । प्रदेश नम्बर १ लाई शुक्रबार साक्षर प्रदेशको घोषणा गरिएको छ ।
    सामाजिक विकास मन्त्रालयद्वारा विराटनगरमा आयोजित कार्यक्रममा प्रदेस नं. १ का सभामुख प्रदीपकुमार भण्डारीले प्रदेस १ लाई साक्षर प्रदेश घोषणा गरेका हुन् । युनेस्कोले तोकेको १२ वटा मापदण्डलाई आधारमा प्रदेशलाई साक्षर प्रदेस घोषणा गरिएको हो ।
    सो अवसरमा बोल्दै सभामुख भण्डारीले साक्षरता घोषणासंगै अब प्रदेशलाई आर्थिक समृद्धिको प्रदेश बनाउने अभियानमा सबैले आफ्नो ठाउँबाट सहयोग पुर्याउनुपर्ने बताए ।
    सभामुख भण्डारीले प्रदेश सरकारको नीति तथा कार्यक्रममा उल्लेख भए अनुसार साक्षर प्रदेश घोषणा गर्न सफल भएकोमा खुशी व्यक्त गरे ।
    सामाजिक विकास मन्त्री राजन राईले साक्षर प्रदेशको घोषणा सवैका लागि गौरवको कुरा भएको उल्लेख गर्दै समृद्धिका लागि व्यवसायिक, गुणस्तरीय शिक्षा आवश्यक रहेकोमा जोड दिए ।
    स्वास्थ्यमन्त्री जयराम यादवले राष्ट्रियता, मातृभुति र मातृभाषाप्रति समर्पित रहन विद्यार्थीहरुलाई आग्रह गरे ।
    खानेपानी, सिंचाई तथा उर्जामन्त्री रामकुमार राईले अबको शिक्षा जागिर खानका लागि मात्र नभई व्यवहारिक हुनुपर्ने बताए । सामाजिक विकास राज्यमन्त्री विष्णु तुम्वाहाम्फेले प्रदेशलाई साक्षर घोषणा गर्न सबैको सहयोग रहेको उल्लेख गर्नु भयो ।
    विराटनगर महानगरपालिकाका उपप्रमुख शिल्पा निराला कार्की, प्रदेश नं १ का प्रमुख सचिव विनोदप्रकाश सिंह, सामाजिक विकास मन्त्रालयका सचिव दीर्घराज मैनाली, तथा सामाजिक विकास समितिका सभापति सरिता थापा खड्काले गुणस्तरीय तथा प्राविधिक शिक्षामा जोड दिए । साक्षर प्रदेश घोषणा समारोह अघि प्रभातफेरीको समेत आयोजना गरिएको थियो ।

उखु खेती ...

सुनसरीको गढी गाउँपालिका-३, छिटाहामा किसानले लगाएको उखु ...

झुपडीबाट पक्की घरमा ...

सिरहा । सिरहाको लहान नगरपालिका–२२ जहदी गमहरियास्थ ...

बनिनसक्दै भासिएको ग् ...

मध्यपहाडी लोकमार्ग अन्तर्गत दिक्तेल–चखे ...

वीरगन्ज नाकाबाट १० म ...

वीरगन्ज । वीरगन्ज नाका हुँदै चालु आर्थिक वर्षको १० महिन ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]