विश्व फिजियोथेरापी दिबशको अवसरमा इन्खा एकीकृत अस्पतालले दियो निःशुल्क स्वास्थ्य सेवा

  • भदौ २४, २०७९ / नेपाल रेखा
alt

इटहरी । सुनसरीको इटहरीमा संचालित इन्खा एकीकृत अस्पतालले विश्व फिजियोथेरापी दिबश २०२२ को अवसरमा एक दिवसीय निःशुल्क स्वास्थ्य शिबिरको आयोजना गरेको छ । सेप्टेम्बर ८ बिहीवार अस्पताल परिसरमै आयोजना गरिएको स्वास्थ्य शिविरमा २ सय ५० जना नागरिकले स्वास्थ्य सेवा लिएको अस्पतालका अध्यक्ष डा. खगेन्द्र ओलीले जानकारी दिए ।
डा.ओलीले स्वास्थ्य शिविर सम्पन्न गर्न वरिष्ठ फिजियोथेरापिष्ट नवीन मगर, डा. पंकज महरान, डा.एन.के यादवलगायतको टोलीले पनि शिविरमा जनरल फिजिसियन सेवा प्रदान गरेका थिए ।

त्यस्तै, स्वास्थ्यकर्मीहरु ल्याव टेक्नोलोजिष्ट अमृत चौधरी, चिकित्सा सहायक जयप्रकाश उराव, इन्दु कार्की, तनुजा राई, हरिनारायण मण्डल, प्रकाश पाठक, प्रविना सिंह, आषिश चौधरी लगायतले सेवा दिएका थिए । 
हरेक वर्ष सेप्टेम्बर ८ तारीखका दिन यो दिवस विश्वभर बिभिन्न कार्यक्रम गरी मनाउने गरिन्छ । डा. ओलीकाअनुसार नेपालमा सन् २००० देखि यो दिवस मनाउन थालिएको हो ।ओलीले भने–‘सामान्यतः फिजियोथेरापी भनेको भौतिक चिकित्सा हो । हाडजोर्नी, नशा लगायतका रोग भएका मानिसलाई यो उपचार विधि प्रभावकारी मानिन्छ ।’

त्यसैगरि, फिजियोथेरापिष्ट नवीन मगर भन्छन्–‘कतिपयलाई औषधिले काम नगरेको खण्डमा समेत फिजियोथेरापीद्धारा उपचार गर्ने गरिन्छ ।’ विभिन्न चोट पटकका कारणले भएको भौतिक पीडा लगायत मांशपेशीको पीडा कम गर्न नवीन मगर बिभिन्न व्यायाम तथा उपचार गर्न सुझाव दिन्छन् । उनकाअनुसार मांशपेशी च्यातिएको (लिगामेन्ट टियर), कमजोर मांशपेशी, स्वास प्रस्वास सम्बन्धी समस्या, घाँटी तथा जीउको दुखाई कम गर्न पनि फिजियोथेरापी उपयुक्त उपचार विधि मानिन्छ ।

2 inkha 1 4

कोशी प्रदेश सरकारले ...

विराटनगर । २०८३ सालको संबिधान दिवस भब्यताका साथ मनाउन क ...

मुस्कुराइरहेको प्रकृ ...

–विजय खतिवडा प्राकृतिक सौन्दर्य, जैविक विविधता र ...

सिदादान गर्न लामबद्ध ...

कुशे औँशीका अवसरमा शुक्रबार भक्तपुर नगरपालिका ...

भोटेकोशी बाढीमा बेपत ...

इटहरी । भदौ १० गते आएको भोटेकोशी बाढीमा बेपत्ता भएका बर ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]