बाटो बिग्रिँदा यात्रुलाई सास्ती

  • भदौ २३, २०७९ / नेपाल रेखा
alt

धनकुटा । पूर्वकै पर्यटकीय नगरी साँगुरीगढी गाउँपालिकाको भेडेटारबाट सुरु भई धनकुटाको बुधबारे बजार हुँदै पाँचथर जोडिएको सडकको काम समयमा पूरा नहुँदा यात्रु मर्कामा परेका छन् ।
विगत १७ वर्षदेखि गाउँबाट तरकारी सङ्कलन गरेर तराईका बजार लगेर व्यापार गर्दै आएका चौबिसे गाउँपालिका मुढेवारका ४४ वर्षीय बलबहादुर थापाले बाटो बिग्रिएर व्यापार गर्न कठिन भएको बताए । तीन वर्षयता बर्खाको समयमा बाटो बिग्रिएर सहजरुपमा यातायात चल्न नसक्दा बाटैमा तरकारी कुहिएर जाने गरेको उनले बताए ।
“पछिल्लो समयमा बाटो सहज थियो । तीन वर्षयता बिग्रिएर खत्तम भएको छ ।” थापाले भन्नुभयो । माघदेखि ठेकेदारले काम छाडेपछि सडक झन बिग्रिएको छ । यात्रुलाई समस्या भएको छ । छोराछोरी पढाउन बुधबारे बजार बसेकी सोही गाउँपालिका–१ शौरेकी ४१ वर्षीया दिलमाया मगरले गाडी नचल्दा आफू दुई दिनदेखि जान नपाएको गुनासो गरिन् । “यात्रा गर्न मुश्किल भएको छ”, उनले भनिन् ।
पाँचथर र धनकुटाको सिमानामा रहेको ६ नं बुधबारे बजारमा लामो समयदेखि होटल व्यवसाय गरेर आएका सुमन श्रेष्ठले सडकका कारण तीन वर्षयता व्यापारमा मन्दी आएको बताए । तेलको ट्याङ्कर आउन नसक्दा पाँचथर, धनकुटा हुँदै सुनसरी, मोरङ र झापाका लागि गुड्ने सवारीसाधन थन्किएका छन् । उक्त बजारको एक मात्र पेट्रोल पम्प बन्द छ ।
तीन वर्षयता बर्खाको समयमा पेट्रोलपम्प बन्द हुँदै आएको सञ्चालक सुभन आचार्यले जानकारी दिए । अहिले पाँच महिनादेखि पम्प बन्द हुँदा मासिक ६० हजारभन्दा बढी घाटा लागेको धरानका अर्का सञ्चालक चन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।
बर्खाको समयमा सडक बिग्रिएर यातायात राम्ररी सञ्चालन हुन नसक्दा स्थानीयस्तरमा उत्पादन भएका कृषिउपज बजार लैजान समस्या भएको मिक्लाजुङ गाउँपालिका–७ कम्फुटारका अशोक लामाले बताए । सडक निर्माण सुरु भएपछि उत्पन्न समस्या समधान गर्न पाँचथर र धनकुटाका स्थानीय जनप्रतिनिधिको एउटा समिति बनेको थियो । उक्त समिति हाल निष्क्रिय भएको चौबिसे गाउँपालिकाका पूर्वअध्यक्ष खजिन्द्र राईले बताए ।
धनकुटा, सुनसरी र मोरङको चुरे क्षेत्र हुँदै गएको उक्त राजमार्गले भेडेटारबाट बुधबारे बजारसम्मको ४४ किमी सडक सबैभन्दा बढी बिग्रिएको छ । यस क्षेत्रमा रहेका नाम्जे, ओख्रे, ध्वजे डाँडा, राजारानी ताल, धप्पडताल, पाथीभरा मन्दिर, मोरङको जेफाले, पाँचथरको मिक्लाजुङ डाँडा पर्यटकीय क्षेत्र र सडकले छोएका साना सहर र गाउँ प्रभावित छन् ।

उद्धार उडानको प्रतीक ...

रसुवाकाे गोसाईकुण्डबाट फर्किएर अलपत्र अवस्थाम ...

बाढीका पीडितलाई डब्ल ...

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले रसुवाक ...

प्रभावित जिल्लामा तत ...

काठमाडौँ । सरकारले आपत्कालीन व्यवस्थापनका लागि प्रभावित ...

रसुवामा भीषण बाढी, स ...

रसुवा । रसुवामा आएको भीषण बाढीका कारण स्याफ्रुबेँसी, टि ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]