लालपुर्जा नपाउँदा सुकुम्बासी समस्यामा

  • भदौ १९, २०७९ / नेपाल रेखा
alt

पर्वत । पर्वतको लामाखेतमा बसोबास गर्दै आएका सुकुम्बासीहरूले जग्गा भोगचलन गरेको वर्षौँ हुँदा पनि लालपुर्जा पाउन नसक्दा समस्यामा परेका छन् । जलजला गाउँपालिका–४ लामाखेतका उनीहरूले बसोबास गरेको ४० वर्ष हुँदा पनि लालपुर्जा पाउन नसक्दा समस्यामा परेका हुन् । उनीहरू सबै ज्याला र मजदुरी गरेर जीवन निर्वाह गर्दै आएका छन् । सुकुम्बासी भएकाले सरकारी सेवा सुविधा पाउन पनि कठिन भएको उनीहरूको गुनासो छ । नजिकै गाउँपालिका केन्द्र भए पनि पालिकाबाट पाउने सेवा सुविधामा समेत विभेद गरिएको उनीहरूको गुनासो छ ।
सुकुम्बासी बस्तीका सुकमाया परियारलाई लालपुर्जा पाइन्छ भन्ने आशा मरिसकेको छ । बस्तीकै मालढुङ्गा–बेनी सडकको छेवैमा एकतले छाप्रोमा बस्दै आएकी राममाया परियारलाई पनि बासको चिन्ता छ । “सडक विस्तार गर्दा घर जान्छ भनेका छन् आफ्नो अन्त कतै जग्गा–जमिन छैन”,उनले भनिन्, “कहाँ बस्ने के खाने दिनभर ज्याला–मजदुरी गरेर कमाएको पैसाले बिहान–बेलुकाको छाक टार्नै धौधौ छ । जमिन छैन, बस्ने बास कसरी बनाउने ।”
“बाउबाजेको पालादेखि यहीँ बसियो, अन्यत्र जाने ठाउँ पनि छैन । वर्षौँदेखि बसे पनि लालपुर्जा नहुँदा समस्या परेको छ”,उनले दुखेसो पोखिन् । “लालपुर्जा दिलाइदिन्छौँ भन्नेहरू धेरै आए तर हामीले अहिलेसम्म पाउन सकिरहेका छैनौँ”,उनको गुनासो थियो । “चुनावताका पार्टीका नेताहरू आउँछन्, आश्वासन बाँड्छन् तर काम गर्दैनन्” उनले दुःखेसो सुनाइन् ।
यहाँ बसोबास गर्ने ३० घरपरिवारको दुःखेसो एउटै छ । सबै जनाको एकतलाको छाप्रोको बास छ । लालपुर्जा नभएकाले घर बनाउन सक्नेले पनि बनाउन पाएका छैनन् । बस्ती तल सडक र माथि सामुदायिक वन छ । सडक विस्तार गर्दा बस्तीलाई असर पुग्ने देखिन्छ भने माथि सामुदायिक वन भएकाले बस्ती विस्तार गर्न समस्या भएको सुकुम्बासी बताउँछन् ।
वर्षौँदेखि बस्दै आएको जमिन आफ्नो नाममा नामसारी नहुँदा सरकारी सेवा सुविधा प्राप्त गर्नबाट समेत बञ्चित हुनुपरेको सीता परियारले गुनासो पोखिन् । “गाउँपालिकाबाट प्राप्त हुने विभिन्न अनुदानका कृषि कार्यक्रममा समेत हामीहरूले पाउँदैनौँ”,उनले भनिन्, “ज्याला मजदुरी गरेर जीवन निर्वाह गर्नुछ । आजकल काम पनि पाइन छाड्यो, पालिकाले अनुदानमा बाख्रापालन, कुखुरापालनलगायतका कार्यक्रम दिन्छ भन्छन् तर हामीहरूले अहिलेसम्म पाएका छैनौँ ।”
यहाँका सबै जनाले दैनिक ज्यालामजदुरी गरेर जीविकोपार्जन गर्दछन् । गाउँपालिकाको वडा नं ३ मल्लाजको चिउरी पतलाबाट ४० वर्षअघि बसाइँ सरेर लामाखेतस्थित धुलेपाल्सिङ सामुदायिक वन छेवैमा आएर सुकुम्बासी बसेका हुन् । पटक–पटक जग्गा नामसारी गरी लालपुर्जा पाउन माग गरे पनि उनीहरूको माग अझै सुनुवाइ भएको छैन ।
“चुनावताका आउने नेताहरूले लालपुर्जा दिलाइदिने आश्वासन दिन्छन्, जितेर गएपछि फर्किएर आउँदैनन्”,उनले भनिन्, “भोट माग्दा मात्र यो बस्तीमा नेताहरू आउँछन् तर हाम्रा समस्या बुझ्न फर्किएर नआउँदा हाम्रो मन दुखेको छ ।”लालपुर्जाको आशमा धेरैपटक कुश्मा पुगेर फारम भरे पनि लालपुर्जा हातमा नपरेको सुकुम्बासीहरूले गुनासो पोखे ।
लामाखेतका सुकुम्बासीहरूको समस्या वर्षौँदेखिको भएको र समाधानको पहल भएको पूर्व वडाध्यक्ष भीष्म मल्लले बताए । राष्ट्रिय भूमि आयोगमा सबै कागजात पु¥याएको र पुर्जा पाउने प्रक्रियामा रहेको उनको भनाइ छ । राष्ट्रिय भूमि आयोग पर्वतका अध्यक्ष उदय सुवेदीले सबै भूमिहीन, अव्यवस्थित बसोवासी र सुकुम्वासीका आवेदनहरू सङ्कलन भइसकेको अब लालपुर्जा वितरणको प्रक्रियामा रहेको जानकारी दिए ।

मनकारी विद्यार्थीहरू ...

डि पी ढुंगेल मोरङ । रङ्गेली नगरपालिका–१ स्थित श्र ...

शव व्यवस्थापन गरिँदै ...

भोटेकोशी बाढीपछि खोजी तथा उद्धारका क्रममा भेट ...

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]