हत्यामा संलग्न बस्नेत भाग्दा भाग्दै पक्राउ

  • भदौ १९, २०७९ / नेपाल रेखा
alt

उदयपुर । उदयपुरको बेलका नगरपालिका–७ मैनामैनीस्थित गोवाटार गाबिङखोलाका ४३ वर्षीय नरबहादुर बस्नेत भाग्दै गरेको अवस्थामा पक्राउ परेका छन् । आफ्नै वंशजका तीन जनाको हत्या गरेर भाग्दै गरेका उनलाई प्रहरीले शुक्रबार राति पक्राउ गरेको हो । शुक्रबार दिउँसो पारिवारिक विवाद भएपछि बेलका नगरपालिका–७ मैनामैनीका ३३ वर्षीय राजकुमार बस्नेत, ३३ वर्षीया सरिता बस्नेत र १२ वर्षीय सुजन बस्नेतको हत्या गरिएको थियो । तीनैजनालाई नरबहादुरले खुकुरी प्रहार गरी हत्या गरेका थिए । मृतक सरिता नरबहादुरकी श्रीमती तथा सुजन छोरा हुन् । हत्यापछि नरबहादुर फरार भएका थिए । जिल्ला प्रहरी कार्यलयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राकेशकुमार शोदारका अनुसार घटना लगत्तै इलाका प्रहरी कार्यालय बेलका रामपुरको टोली परिचालन गरिएको थियो । उनलाई बेलका–६ बरबोट नजिकैको जङ्गलबाट खुकुरीसहित पक्राउ गरिएको हो । नरबहादुरको बयान लिने कार्य भइरहेको र हत्याको कारण चाँडै खुल्ने प्रहरी उपरीक्षक ज्ञानेन्द्र फँुयालले बताउनुभयो । तीनै जनाको शव परीक्षणका लागि सुनसरीस्थित विपी मेमोरियल अस्पताल लगिएको छ ।

उद्वार तथा राहतका ला ...

उद्वार तथा राहतका लागि रसुवाको धुञ्चेमा बुधबा ...

मनकारी विद्यार्थीहरू ...

डि पी ढुंगेल मोरङ । रङ्गेली नगरपालिका–१ स्थित श्र ...

शव व्यवस्थापन गरिँदै ...

भोटेकोशी बाढीपछि खोजी तथा उद्धारका क्रममा भेट ...

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]