जमिनमा धाँजा फाट्दा पर्वतका पाँच परिवार विस्थापित,गाउँ नै जोखिममा

  • भदौ १४, २०७९ / नेपाल रेखा
alt

पर्वत । जमिनमा धाँजा फाटेर घर भत्किएपछि पर्वतको जलजला गाउँपालिका–५ शालिजाको भोटेडाँडास्थित चोराय गाउँका पाँच परिवार विस्थापित भएका छन् ।
गाउँभन्दा केही तलको पाखो गत वर्ष धाँजा फाटेर जमिन लच्किँदै तल सर्दै गरेकामा यस वर्ष पनि पहिरो जाँदा स्थानीय प्रेमप्रसाद सुवेदी, देवीप्रसाद सापकोटा, दीपक सापकोटा, गणेश आचार्य र रमाकान्त सुवेदीको घर नै बग्ने अवस्थामा पुगेको हो ।
पहिरोले नजिकैका घर जतिबेला पनि खरतामा पर्न सक्ने भएकाले उनीहरू आफ्नो घर छाडेर त्यहाँभन्दा केही माथि रहेका छिमेकीको घरमा आश्रय लिएर बसिरहेको गाउँपालिका अध्यक्ष राजु आचार्यले बताए । पहिरोले घर तथा आँगन चर्किएको छ ।
“गत वर्ष पहिरो सुरु भएको हो । अहिले पनि थप पहिरो बढेकाले हरेक वर्ष जमिनमा क्षति हुने क्रम बढेको छ । गत वर्ष नै आएका प्राविधिकले त्यस क्षेत्रभन्दा माथि रहेको बस्तीलाई स्थानान्तरण गर्न सुझाव दिएका रहेछन्”, उनले भने, “जमिन फाट्न सुरु गरेपछि त्यो सुझाव आए पनि त्यति छिट्टै सरिहाल्न पनि गाउँलेलाई समस्या नै हुन्छ । बस्ती सरेको छैन तर जमिनमा धाँजा फाट्ने र बग्ने क्रम बढेको छ ।”
जमिनको तल्लो आधार तहबाट पूरै फाटेका कारण माटो बग्दै जाँदा रुख र फलफूलका रुखहरू पनि ढलेका छन् । ठूलो क्षेत्रमा पहिरो सुरु भएकाले संरचना निर्माण गरेर वा ग्याबियन जाली भरेर पनि पहिरो रोकिने अवस्था नभएको अध्यक्ष आचार्यले बताए । पहिरो बढ्दै गए त्यो भन्दा माथिका सयौँ घर विस्थापित हुने अवस्था छ । पहिरो गाउँभन्दा तलबाट सुरु भएका कारण माथिका सबै घर पहिरामा पर्ने जोखिम रहेको आचार्यले बताए ।
तत्कालीनसमयमा पहिरो नियन्त्रणमा राख्न गाउँपालिकाबाट प्राविधिक र जनप्रतिनिधि गएर अवलोकन गरेर छलफल भएको छ । बग्दै गरेको जमिनमा थप क्षति हुन नदिन तत्कालीनरूपमा वर्षाका कारण बगेर आउने पानीलाई पहिरामा पस्न नदिन भल काटेर पहिरामा नपर्ने गरी तर्काउन सकिने देखिएको छ । बग्दै आएको पानीका लागि नहरजस्तो बनाएर पाइप जडान गरी एकातर्फको सुरक्षित ठाउँमा फाल्न प्राविधिकले सुझाव दिएकाले त्यसैअनुसार बाढी तर्काउने योजना गाउँपालिकाले बनाएको छ ।
फाटेको जमिन केही हदसम्म रोक्न सक्ने घाँस पाइने भन्ने प्राविधिक सञ्जालमार्फत थाहा पाएपछि सर्लाही जिल्लाबाट उक्त घाँस ल्याएर पहिरोमा रोप्ने विकल्पबारे पनि छलफल भइरहेको अध्यक्ष आचार्यको भनाइ छ । जुन उपाय अपनाएर बस्तीलाई सुरक्षित राख्न सकिन्छ तत्काललाई काम गर्ने र दीर्घकालीनरूपमा जोखिम कायमै हुने भएकाले बस्ती सुरक्षित राख्न सकिने उपायबारे गाउँपालिकाको विपद् व्यवस्थापन समितिको बैठकमा छलफल गर्ने उनले बताउ ।

तनहुँ जलविद्युत् आयो ...

तनहुँ । निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्यु ...

सुरक्षण मुद्रण केन्द ...

काभ्रेपलाञ्चोक। यहाँको पनौती नगरपालिका–५ धनेश्वरस ...

रानी नाकालाई व्यवस्थ ...

विराटनगर / नेपाल–भारतको प्रमुख प्रवेशद्वारका रूपम ...

इटहरीमा वर्षमान पुनक ...

इटहरी । नेपाली कम्युनिस्ट पार्टीले दुईमहिने राष्ट्रिय ज ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]