रोटरी क्लब इटहरीले दियो बराहक्षेत्र मन्दिरलाई डस्बिन

  • भदौ १४, २०७९ / नेपाल रेखा
alt

बराहक्षेत्र । धर्तिकै पहिलो तिर्थ स्थल मानिने सुनसरीमा रहेको बराहक्षेत्र मन्दिरको सरसफाईमा सहयोग पुर्याउने उद्देश्यले रोटरी क्लब अफ इटहरीले मन्दिरलाई डस्टविन उपलव्ध गराएको छ ।
मन्दिर क्षेत्रको सरसफाईलाई मध्यनजर गर्दै फोहोर व्यवस्थापनमा सहयोग पुगोस् भनेर रोटरी क्लब अफ इटहरीले १५ वटा डस्टविन मन्दिरका लागि हस्तान्तरण गरिएको हो ।
बराहक्षेत्र मन्दिरमै एक कार्यक्रमको आयोजना गरी क्लबले मन्दिर क्षेत्रको सरसफाईमा सहयोग पुर्याउन डस्टविन क्लबका अध्यक्ष संयोग पराजुलीले हस्तान्तरण गरेका हुन् । सो अवसरमा बराहक्षेत्र मन्दिरका मूल पुजारी, स्थानीय जनप्रतिनिधि तथा स्थानीय सामाजिक संघसंस्थाका प्रतिनिधिको समेत उपस्थिति रहेको थियो । मन्दिर क्षेत्रको सरसफाईमा सहयोग पुर्याउने डस्टविन वितरण गर्ने काम राम्रो भएको स्थानीयले भएको भन्दै स्थानीयले रोटरी क्लबको प्रशंशा समेत गरेका छन् । मन्दिर क्षेत्रमा जथाभावी रुपमा आफुले प्रयोग गरेका सामानहरुको खोल तथा अन्य सामानहरु फ्याँक्दा फोहोरमैला हुने तर्फ मध्यनजर गर्दै फोहोरजन्य वस्तुहरु डस्टविनमा फ्याँक्दा फोहोर नहुने र मन्दिर क्षेत्र सफा सुन्दर देखिने तर्फ मध्यनजर गर्दै डस्टविन विरतण गरिएको अध्यक्ष पराजुलीले जानकारी दिए ।
रोटरी क्लव अफ इटहरी २५ बर्ष अघि स्थापना भएर इटहरी तथा आसपासका क्षेत्रहरुमा शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाइ लगायतका क्षेत्रमा काम गर्दै आएको छ ।

उद्वार तथा राहतका ला ...

उद्वार तथा राहतका लागि रसुवाको धुञ्चेमा बुधबा ...

मनकारी विद्यार्थीहरू ...

डि पी ढुंगेल मोरङ । रङ्गेली नगरपालिका–१ स्थित श्र ...

शव व्यवस्थापन गरिँदै ...

भोटेकोशी बाढीपछि खोजी तथा उद्धारका क्रममा भेट ...

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]