कुशे औंसीमा जेष्ठ पिता सम्मानित

  • भदौ १२, २०७९ / नेपाल रेखा
alt

  • दीपक कार्की
    इटहरी । कुसे औँसी तथा बुवाको मुख हेर्ने दिनको अवसर पारेर किसान कल्याण बचत तथा ऋण सहकारी संस्थाले जेष्ठ पिता सम्मान कार्यक्रमको आयोजना गरेका छ ।
    शनिबार संस्थाको सभाहलमा आयोजित कार्यक्रममा सुनसरीभरी बिभिन्न शाखा अन्तरगतका शेयर सदस्यका पीताहरुलाई सम्मान गरिएको हो ।
    संस्थाका अध्यक्ष शालिकराम ढकालको अध्यक्षता तथा जिल्ला सहकारी संघ सुनसरीका अध्यक्ष गंगाप्रसाद दाहालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा ७० वर्ष भन्दा माथिका बृद्ध पिताहरुलाई ढाका टोपी, माला, प्रमाणपत्र र फलफुलले सम्मान गरिएको थियोे । यस्तै संस्थाले उक्त कार्यक्रममा सम्मानित हुने ६६ ज्येष्ठ नागरिकलाई मासिक एक सयका दरले सुरक्षा भत्ता दिने जनाइएको छ । हाल संस्थाले ६ सय भन्दा बढीलाई सुरक्षा भत्ता दिदै आएको संस्थाका प्रमुख कार्यकारी अधिकृत पुष्कर बस्नेतले जानकारी दिए । हाल १८ हजार भन्दा बढी शेयर सदस्य रहेको उक्त संस्थाको कुल पुँजी १ अर्ब ६ करोड रहेको जनाइएको छ ।
    साथै कुशे औंशीकै अवसर पारेर इटहरी जेसीसले शारीरिक व्यायाम कार्यक्रम मार्फत जेसिज सप्ताहको उद्घाटन गरेको छ । संस्थाले शनिबार इटहरी स्थित श्री कृष्ण प्रणामी मन्दिर परिसरमा द व्यायामशालाको प्राविधिक सहयोगमा कार्यक्रमको आयोजना गरेको हो । साथै संस्थाले शनिबार कै दिन इटहरी उपमहानगरपालिकाको कार्यालय परिसरमा रहेको ज्येष्ठ नागरिक चौतारीमा ज्येष्ठ नागरिकहरुका लागि धार्मिक हाजिरीजवाफ प्रतियोगिताको आयोजना गरेको छ ।
    ज्येष्ठ नागरिक समाजका अध्यक्ष खगेन्द्र निरौलाको अध्यक्षता साथै इटहरी–६ का वडा अध्यक्ष दिवश पोखरेलको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा सहभागीलाई हर्लिक्स वितरण गरिएको थियो । जेशीस सप्ताहमा वतृत्व कला, हाजिरी जवाफ, मिनी म्याराथन लगायतका कार्यक्रमहरुको आयोजना गरिने इटहरी जेसीसका अध्यक्ष लोकनाथ भण्डारीले जानकारी दिए ।
    स्वास्थ्यका लागि व्यायाम भन्ने मुल उद्देश्यका साथ आयोजित व्यायाम अभ्यास कार्यक्रममा संस्थाका सदस्य तथा सर्वसाधारण्को सहभागिता रहेको थियो भने ज्येष्ठ नागरिक चौतारीमा आयोजित हाजिरिजवाफ कार्यक्रममा नयाँ वृन्दावन गौशलाका संरक्षक दिनवन्धु शास्त्री लगायत ज्येष्ठ नागरिकहरुको सहभागिता रहेको थियो ।WhatsApp Image 2022-08-27 at 6.36.27 PM

तनहुँ जलविद्युत् आयो ...

तनहुँ । निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्यु ...

सुरक्षण मुद्रण केन्द ...

काभ्रेपलाञ्चोक। यहाँको पनौती नगरपालिका–५ धनेश्वरस ...

रानी नाकालाई व्यवस्थ ...

विराटनगर / नेपाल–भारतको प्रमुख प्रवेशद्वारका रूपम ...

इटहरीमा वर्षमान पुनक ...

इटहरी । नेपाली कम्युनिस्ट पार्टीले दुईमहिने राष्ट्रिय ज ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]