सुनसरीमा थारुको ५ सय ग्रामथान ओझेलमा

  • भदौ ७, २०७९ / नेपाल रेखा
alt

  • धिरेन्द्रकुमार चौधरी
    रामधुनी । आदिम कालदेखि यहाँ बस्दै आएका थारु समुदायको ग्राम थान, इनार, डबरा, बैठार लगायत सांस्कृतिक भूमि ओझेलमा परेका छन् ।
    परापूर्व कालदेखि जमिन, जल र जङ्गलमा आश्रित थारु समुदायको सांस्कृतिक धरोहर अतिक्रमणको चपेटामा परेको हो ।
    सांस्कृतिक भूमिमा विकासको नाममा अन्य योजना संचालन रहेकोमा कालान्तरमा पहिचान गुम्ने खतरा रहेको जानकारहरु बताउछन् ।
    सांस्कृतिक भूमि बिभिन्न कारणले नष्ट भैरहेको हुदा उचित संरक्षण सम्बद्र्धनको अभाव खड्किएको छ । यी समुदायले परापूर्वकालदेखि संरक्षण गरी राखेका जग्गामा अहिले बिभिन्न संघसस्थाले अधिग्रहण गरिरहेको छ ।
    ग्रामथान संरक्षण समिति सुनसरीका अध्यक्ष तेजनारायण चौधरीले सुनसरी जिल्लाभरि विभिन्न गाउमा रहेको करीब पाँच सय ग्राम थान र विभिन्न सांस्कृतिक भूमि संरक्षणको खाँचो रहेको बताए । प्राकृतिक बस्तुबाट परम्परादेखी निर्माण रहेको ग्राम थान कंकृटको बनाउदा पहिचान गुम्ने खतरा रहेको उनले भने । उनले मौलिक संस्कृति झल्किने गरी ग्रामथानको संरक्षण गर्नुपर्नेमा जोड दिए । आफ्नै भाषा, बाजा र रितिरिबाजको संरक्षण गर्नु पर्ने धारणा राखे । ग्राम थान पुरानो सांस्कृतिक धरोहर रहेकोले यसलाई मन्दिरमा परिणत गर्न नमिल्ने धारणा राखे ।
    धेरै बर्षदेखि स्थापित ग्राम थानमा प्रथा जनित नियम रहेकोले हाल गहदार र जेवारमा सिमित रहेकोले पुजा मात्र हुने गरेकोले यसलाई संरक्षण गर्न ग्राम ऐन लागू गर्नु पर्ने चौधरीले धारणा राखे ।
    थारु समुदायद्वारा संचालित ग्राम थान समुदायबाटै संरक्षण हुनु पर्ने बताउदै यसलाई दर्ता गरे बार्षिक रुपमा हिसाब नभए सम्पती स्वतः राज्यको हुने भएको हुदा समुदायबाटै यसको संरक्षणमा लाग्नु पर्ने बिचार राखे ।
    थारु समुदायको प्रत्येक गाउँमा ग्राम थान स्थापित रहेको हुन्छ । ग्राम थानमा काठ, बास र छानाको देव स्थल परिसरमा पुरानो ठुलो रुख, माटोको ढिस्को बनाइ पुर्खा र देवी देवताको पुजा गरिदै आएको छ ।
    प्रत्येक बैशाख १ गते स्नान गरी यहाँ जल चढाएपछि सिरुवा पर्व सुरुआत भएको मानिन्छ । बिबाहित नव जोडीले थानमा पुजा र आशीर्वाद लिएपछि सामाजिक रूपमा बिबाह प्रमाणित भएको मानिन्छ । नव जोडीले सांस्कृतिक भूमि इनार, पोखरीमा समेत पुजा गर्ने चलन रहेको छ । थानमा असारमा अखारी पुजा, मङ्सिरमा नेमानी पुजा गर्ने चलन रहेको छ ।

विराटनगर महानगर क्षे ...

विराटनगर । विराटनगर महानगरपालिका क्षेत्रभित्र १ सय ९१ ज ...

राउण्ट टेवल नेपालद्व ...

विराटनगर । राउण्ट टेवल नेपालले गरिब तथा विपन्न र जेहेन् ...

सुनको मूल्य प्रतितोल ...

काठमाडौं । स्थानीय बजारमा सुन र चाँदीको मूल्य बढेको छ । ...

संगित चोकका व्यवसायी ...

इटहरी । इटहरी बजार क्षेत्रलाई आगलागीबाट सुरक्षित राख्न ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]