नेकपा माओवादी केन्द्र सुनसरीले थाल्यो निर्वाचन लक्षित अभियान

  • भदौ ३, २०७९ / नेपाल रेखा
alt

इनरुवा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सुनसरीले आगामी मङ्सिर ४ गते हुन लागेको प्रतिनिधि र प्रदेशसभा निर्वाचनको तयारी थालेको छ ।
चुनावको तयारीका लागि शुक्रबार जिल्ला समन्वय समितिको बैठक तथा प्रशिक्षणको आयोजना जिल्ला पार्टी कार्यालय इनरुवाको सभाहलमा गरिएको छ । कार्यकर्ता र मतदाताको अपेक्षा बुझ्न बैठक आयोजना गरिएको नेकपा माओवादी केन्द्र सुनसरी जिल्ला समन्वय समिति संयोजक योगेन्द्रप्रसाद मण्डल (पप्पु) ले बताए । बैठकको अध्यक्षता साथै संचालन गर्दै नेताहरू गाउँ–गाउँ गएर राजनीतिक गतिविधि बढाई पार्टीको पक्षमा माहोल सिर्जना गर्न निर्देशन दिए ।

बैठकमा उपस्थित अगुवा कार्यकर्ताहरुलाई सो पार्टीका स्थायी कमिटि सदस्य एवम् प्रदेश १ इन्चार्ज राम कार्की (पार्थ) ले सङ्गठन सुदृढीकरण अभियान थाल्न निर्देशन दिए । झापाबाट प्रतिनिधिसभा सदस्यसमेत रहेका कार्कीले विकास निर्माणको योजना लिएर पार्टी कार्यालयमा आउन पनि निर्देशन दिए । त्यसकालागि प्रदेश र संघीय सरकारसंग आफूले गर्ने समेत बताए ।

बैठकमा पार्टी केन्द्रीय सदस्य एवम् सुनसरी इन्चार्ज निर्मल बराल, सोही पार्टीका प्रदेश नम्बर १ उपाध्यक्ष शिवकुमार डाँगी, सचिव गणेश उप्रेती, प्रदेश समिति कार्यालय सदस्य मुक्सामहाङ्ग मेन्याङ्वो (मुकेश) ले अब सुनसरीमा पार्टी एक ढिक्का भएको र सिंगो पार्टी पंक्ति चुनाव केन्द्रित अभियानमा परिचालित हुने बताएका थिए । बैठकमा जिल्लाका सबै १२ वटा स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष र सचिवहरले नेताहरुले माओवादी केन्द्र र अन्य पार्टीहरुको सांगठानिक रिपोर्ट पेश गरेका थिए । मंसिर ४ गते हुने चुनावको परिणाम पार्टीको पक्षमा पार्न प्रदेश र संघीय क्षेत्रीय स्तरीय प्रशिक्षणसँगै वडास्तरसम्म सङ्गठन सुदृढीकरण, सदस्यता विस्तार र जनवर्गीय सङ्गठन परिचालन गर्दै माहोल सिर्जना गरिने संयोजक मण्डलले बताए ।

maobadi kendra sunsari

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

उद्धार उडानको प्रतीक ...

रसुवाकाे गोसाईकुण्डबाट फर्किएर अलपत्र अवस्थाम ...

बाढीका पीडितलाई डब्ल ...

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले रसुवाक ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]