चुस्त र दुरुस्त प्रसासन सञ्चालन गरेर देशलाई सुधार्ने रवीको बाचा ‘घरमा मात्र होइन, मतपत्रमा पनि घण्टी बजाउनु होस’

  • भदौ २, २०७९ / नेपाल रेखा
alt


नेपालरेखा / इटहरी । राष्ट्रिय स्वतन्त्र पार्टीका संयोजक रवी लामिछानेले आँउदो मंसीर ४ गते हुने आमनिर्वाचनमा आफ्नो पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीलाई मत दिएर जिताएको खण्डमा चुस्त र दुरुस्त प्रसासन सञ्चालन गरेर देशलाई सुधार्ने बाचा गरेका छन् ।


सुनसरी स्थित ईटहरीको होटल ईम्पेरियलमा सोमवार भएको राष्ट्रिय स्वतन्त्र पार्टीको नगर, जिल्ला र प्रदेश कमिटी गठन गर्ने क्रममा आयोजित सभालाई सम्बोधन गर्दै पार्टीका संयोजक रवी लामिछानेले यस्तो बताएका हुन ।


“एउटा सामान्य टेलिभिजन कार्यक्रममा काम गर्दा धेरैलाई सेवा गर्न सकें भने तँपाईहरुको समस्या सुन्ने ठाँउमा पुगेको अवस्थामा देशलाईनै काया पलट गर्न सक्छु”– कार्यक्रममा लामिछानेले उद्घोष गरेका छन् । नेताहरुले लामो समयदेखि देशलाई खोक्रो बनाएको आरोप लगाउँदै आफु नेतृत्वमा आउन सके भ्रष्टाचारी कसैलाई छुन नदिन र कारवाही गर्न खुट्टा नकमाउने पनि लामिछानेले बचन दिएका छन् ।

299605488_930927451161161_8491936578857367367_n (1)
देशमा भएका राजनितिक दलहरु काँग्रेस र एमाले जस्ता पाटीहरु सत्तामा नहुँदा मात्र सरकारको बिरोध गर्ने र सत्तामा भएका बेला केहि नगर्ने बताएका छन् । अव भोलीको पुस्ताहरुको लागि पुराना उहि पार्टीहरु र नेताहरुलाई जिताउन नहुने बताउँदै लामिछानेले भने– ‘आगामी निर्वाचनमा घरमा मात्र होईन मतपत्रमा पनि घण्टी बजाउनु होस, म तँपाईहरुको साथमा हुँनेछु’ ।


पार्टी संयोजक लामिछानेले नयाँ आएकाले केहि गर्न सक्दैनन् भन्ने अफवाह तयार गरिँदै आईएको बताउँदै फोहोरको ब्यवस्थापन गर्न नदिएर काठमाण्डुका मेयर बालेनन्द्र शाहलाई असफल बनाउने प्रयास भईरहेकोले आफुहरुले कुनैपनि हालतमा बालेन्द्र शाहलाई असफल हुन नदिनको लागि समेत लागिपरेको पनि बताएका छन् । शिवकुमार राई बाट ।

 

कोशी प्रदेश सरकारले ...

विराटनगर । २०८३ सालको संबिधान दिवस भब्यताका साथ मनाउन क ...

मुस्कुराइरहेको प्रकृ ...

–विजय खतिवडा प्राकृतिक सौन्दर्य, जैविक विविधता र ...

सिदादान गर्न लामबद्ध ...

कुशे औँशीका अवसरमा शुक्रबार भक्तपुर नगरपालिका ...

भोटेकोशी बाढीमा बेपत ...

इटहरी । भदौ १० गते आएको भोटेकोशी बाढीमा बेपत्ता भएका बर ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]