विद्युत प्राधिकरणद्वारा उद्योगपति मुरारका सहित जग्गादाता सम्मानित

  • श्रावण ३१, २०७९ / नेपाल रेखा
alt

  • अशिषकुमार यादव
    दुहबी । नेपाल विद्युत प्राधिकरणको ३७ औं वार्षिक उत्सवको अवसरमा दुहवी वितरण केन्द्रद्वारा पशुपति आइरन एण्ड स्टिलका संचालक अशोक मुरारकालाई प्राधिकरणले सम्मान गरेको छ ।
    दुहवी वितरण केन्द्रले कार्यालयको प्राङ्गणमा आयोजना गरेको कार्यक्रममा पशुपति आइरन एण्ड स्टिलका संचालक अशोक मुरारकालाई प्राधिकरणले दोसल्ला ओढाई तथा सम्मान पत्र प्रदान गरेको हो ।
    दुहवी वितरण केन्द्र अन्तर्गत देशको आर्थिक सुचकमा पशुपति आइरन एण्ड स्टिलले वार्षिक रुपमा ४ करोड ३१ लाख ५५ हजार ५ सय ७० युनिट विद्युत खपत गरेवापत वार्षिक ३८ करोड ५० लाख ६२ हजार ५ सय ७८ रुपैया बुझाएकोले सो उद्योगलाई नेपाल विद्युत प्राधिकरण १ नम्बर प्रदेशका निर्देशक राजन ढकाल तथा दुहवी वितरण केन्द्रका प्रमुख रामउदगार साहले संयुक्त रुपमा सम्मान गरेको थियो ।
    सोही कार्यक्रममा नेपाल विद्युत प्राधिकरण दुहवी वितरण केन्द्र अन्तर्गत वर्जुमा रहेको उपशाखा कार्यालय निमार्णका लागि निशुल्क ३ कठ्ठा जग्गा उपलब्ध गराउने दाता देवान सिंह राई तथा दम्पति विना कुमारी राई लाई समेत उक्त कार्यक्रममा दोसल्ला ओढाई तथा सम्मान पत्र प्रदान गरिएको थियो ।
    आयोजना गरिएको कार्यक्रममा दुहवी वितरण केन्द्रका प्रमुख साहले आ.ब २०७८।०७९ को वार्षिक संक्षिप्त प्रतिवेदन प्रस्तुत गर्दै दुहवी नगरपालिकाका १२ वटै वडा, गढी गा.पा.को ६ वटै वडा र इटहरी उप–महानगरपालिकाको वडा नं. १३ र १४ को आनसिक क्षेत्र अन्तर्गत २५ हजार ८ सय ४१ ग्राहक संख्या रहेको र यस वितरण केन्द्र अन्तर्गत वार्षिक खपत १७ करोड ९७ लाख २८ हजार २७ युनिट रहेको सो विद्युत विक्री वापत वार्षिक १ अर्ब ६८ करोड ७५ लाख ९९ हजार १ सय २९ रुपैया आय भएको दुहवी वितरण केन्द्रका प्रमुख साहले बताए । यसैगरी वार्षिक विद्युत लस प्रतिशत ४.०३ रहेको, वार्षक संकलन प्रतिशत ९३.७४ (छुट विल सहित) र वार्षिक संकलन प्रतिशत १००.२२ (छुट विल बाहेक) रहेको दुहवी वितरण केन्द्रका प्रमुख साहले बताए ।
    यस दुहवी वितरण केन्द्र अन्तर्गत आठ वटा फिडर रहेको जसमध्ये ३३ के.भी ३ थान अन्तर्गत १५.९ किलो मिटर निर्माण भएको, ११ के.भी. औधोगिक फिडर ३ थान, ११ के.भी डोमेस्टिक २ थान गरी २०८.२७ किलो मिटर लाइन निमार्ण भएको र ४००।२३० भोल्ट ५२९.८६ कि.मि. लाइन निमार्ण भएको दुहवी वितरण केन्द्रले जनाएको छ ।
    आ.ब. २०७८।०७९ मा विद्युत चुहावट कारवाही संख्या ३९ जनालाई गरिएको जसबाट १ लाख ८० हजार ४२ रुपैया असुल उपर भएको, समयमै विद्युत महसुल बापतको बक्यौता संख्या १ हजार ७ सय ८ जना रहेको सो बाट २ करोड १३ लाख ६५ हजार ८२ रुपैया असुलउपर भएको र असुली संख्या १५३७ बाट १ करोड ६८ लाख ५३ हजार २ सय ३० रुपैया रकम असुली भएको नेपाल विद्युत प्राधिकरण दुहवी वितरण केन्द्रका प्रमुख रामउदगार साहले संक्षिप्त वार्षिक प्रतिवेदन प्रस्तुत गरेको थिए ।

DCS1 (1) DCS1 (3) Dewan Singh Rai Land Distribute

विराटनगर महानगर क्षे ...

विराटनगर । विराटनगर महानगरपालिका क्षेत्रभित्र १ सय ९१ ज ...

राउण्ट टेवल नेपालद्व ...

विराटनगर । राउण्ट टेवल नेपालले गरिब तथा विपन्न र जेहेन् ...

सुनको मूल्य प्रतितोल ...

काठमाडौं । स्थानीय बजारमा सुन र चाँदीको मूल्य बढेको छ । ...

संगित चोकका व्यवसायी ...

इटहरी । इटहरी बजार क्षेत्रलाई आगलागीबाट सुरक्षित राख्न ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]