इटहरी । दशंै, तिहार लगायतका चाडपर्व नजिकिएसँगै खसीबाख्रा चोरीका घटनाहरु बढ्न थालेका छन् । इटहरी–१० बाट खसी बाख्रा चोरी गरी पूर्वतर्फ लैजादै गरेको अवस्थामा गछियाका स्थानीयको सहयोगमा प्रहरीले ३ जनालाई नियन्त्रणमा लिएको छ । को १ ज २८३९ नम्बरको म्याजिकमा इटहरी–१० बाट चोरी गरी लैजादै गरेको ६ वटा खसीबाख्रा सहित ३ जनालाई नियन्त्रणमा लिई गछिया प्रहरीलाई बुझाइएको थियो ।
पक्राउ पर्नेमा म्याजिक चालक इटहरी–१७ का रहमद अली, इनरुवा–३ का छिनर खान र पर्सा बिरगंजका ममताज मियाँ रहेको प्रहरीले जनाएको छ ।
इटहरी भित्र रहेका बिभिन्न बिटहरुले गस्ति पेट्रोलिङ गरिरहेको र चोरीजन्य गतिविधि न्यूनिकरण भएको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताए ।
उनले चाडवाडको बिचमा चोरीको सम्भावना ज्यादा हुने भएकाले चोरी नियन्त्रणका लागि विषेश योजना ल्याएर अगाडी बढ्ने पनि बताएका छन् ।
हाल म्याजिक सहित खसी चोरीमा संलग्न ३ जना इलाका प्रहरी कार्यालय इटहरीको नियन्त्रणमा रहेको र दोषीलाई आवश्यक कारवाहीको प्रकृया अगाडी बढाइने जनाइएको छ ।