नवौं राष्ट्रिय खेलकुदमा प्रदेश १ ले ३४ खेलमा प्रतिस्पर्धा गर्ने

  • साउन २८, २०७९ / नेपाल रेखा
alt

  • कुमोद अधिकारी
    विराटनगर । प्रदेश नम्बर १ खेलकुद विकास बोर्डले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा ३४ खेलमा सहभागिता जनाउने भएको छ ।
    बोर्डद्वारा विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा गण्डकी प्रदेशको पोखरामा आगामी असोज २८ देखि कात्तिक ३ गते हुने उक्त खेलकुद प्रतियोगितामा ६९४ खेलाडी सहित ७८२ जनाको सहभागिता हुने जानकारी दिइयो ।
    बोर्डका सदस्य सचिव हंसराज वाग्लेले प्रतियोगितामा प्रदेशले विभिन्न खेलमा २० वटा स्वर्ण पदक जित्ने विश्वास व्यक्त गरे ।
    उनले भदौ महिनाको २ गतेदेखि ७ गतेसम्म जिल्ला छनौट तथा भदौ १० गतेदेखि १९ गतेसम्म प्रदेशस्तरीय वृहत खेलकूद प्रतियोगितामा ४०५ वटा इभेन्टसहरुबाट ६९४ जना खेलाडी छनौट गर्ने तालिका सार्वजनिक गरिएको बताए । सदस्य सचिव वाग्लेले राष्ट्रिय खेलकूद प्रतियोगितामा सहभागिता जनाउनका लागि१० करोड आवश्यक भएकोमा प्रदेश सरकारबाट अहिले ५० लाख तथा राष्ट्रिय खेलकूद परिषदबाट ४९ लाख प्राप्त भएको जानकारी दिए ।
    प्रतियोगितामा सहभागिताका लागि प्रदेशका १४ जिल्लामा छनोट कार्यक्रम गर्ने र खेलाडीहरुबाट खेलमा उत्कृष्ट सफलता प्राप्त गर्नका लागि वैज्ञानिक ढङ्गले बन्द प्रशिक्षणको व्यवस्था गरेको सदस्य रोशनी राईले बताइन् ।
    उनले प्रदेशका खेलाडीहरुले २७४ स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्ने छन् भने उक्त खेलकुदमा प्रदेशले उत्कृष्टता हासिल गर्ने विश्वास व्यक्त गरिन् ।
    प्रदेशले आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा नौ स्वर्ण, २० रजत र ५९ वटा कास्य सहित सातौं स्थान प्राप्त गरेको थियो ।

मनकारी विद्यार्थीहरू ...

डि पी ढुंगेल मोरङ । रङ्गेली नगरपालिका–१ स्थित श्र ...

शव व्यवस्थापन गरिँदै ...

भोटेकोशी बाढीपछि खोजी तथा उद्धारका क्रममा भेट ...

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]