आयुर्वेद स्वास्थ्य केन्द्रबाट ६५ हजारले लिए सेवा

  • साउन २५, २०७९ / नेपाल रेखा
alt

तनहुँ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र तनहुँमा उपचारका लागि आउने बिरामीको आकर्षण बढ्दै गएको छ । स्वास्थ्य केन्द्रमा दैनिक ५० देखि एक सयसम्म हाराहारीमा बिरामी उपचारका लागि आउने गरेका छन् ।
उक्त केन्द्रले समय–समयमा स्थानीय तहका ग्रामीण क्षेत्रका बासिन्दालाई निःशुल्क स्वास्थ्य शिविरमार्फत सेवा दिँदै आएको केन्द्रका प्रमुख डा रामप्रवोध मण्डलले जानकारी दिए । उनका अनुसार आर्थिक वर्ष २०७८÷७९ मा झण्डै ६५ हजार मानिसले उपचार लिएका छन् ।
स्वर बसेका, श्वासप्रश्वाससम्बन्धी समस्या भएका, दम, बाथ, हाडजोर्नी, ग्याष्ट्रिक, प्रसूति, बमनथेरापीलगायत सेवा लिन अहिले पनि स्वास्थ्य केन्द्रमा भीड नै लाग्ने गरेको छ । आव २०७७÷७८ मा ५५ हजार आठ सय ४२ जनाले उपचार लिएको सो कार्यालयले जनाएको छ ।
त्यसैगरी २०७६÷७७ मा ३८ हजार पाँच सय ८५ जनाले स्वास्थ्योपचार सेवा लिएका थिए । उक्त केन्द्रमा पञ्चकर्म र क्षारसूत्र विधिबाट विभिन्न रोगको सफल उपचार गरेपछि मानिसको आयुर्वेदिक उपचारतर्फ आकर्षण बढ्दै गएको केन्द्रका प्रमुख डा मण्डलले जानकारी दिए । उक्त केन्द्रमा सेवा लिन तनहुँ, छिमेकी जिल्ला गोरखा, लमजुङका केही क्षेत्रका मानिससमेत आउने गरेका छन् ।
आयुर्वेदिक पद्दतिबाट उपचार गर्दा कुनै असर नगर्ने भएकाले पछिल्लो समय मानिसको यसतर्फ आकर्षण बढ्दै गएको उहाँले बताउनुभयो । एलोप्याथिक विधिबाट लामो समय उपचार गरेर थकित भएका व्यक्ति पनि आयुर्वेदिक उपचारमा आउने गरेका छन् । सो केन्द्रले प्यारालाइसिस, बाथ, जोर्नीका समस्या भएका बिरामीलाई लक्षित गरी फिजियोथेरापीका लागि मेसिन ल्याइसकेको जनाएको छ । गण्डकी प्रदेश सरकारको सहयोगमा फिजियोथेरापी मेसिन ल्याइएकाले छिट्टै सञ्चालनमा ल्याई सेवा दिने लक्ष्य रहेको डा मण्डलले जानकारी दिए ।

उखु खेती ...

सुनसरीको गढी गाउँपालिका-३, छिटाहामा किसानले लगाएको उखु ...

झुपडीबाट पक्की घरमा ...

सिरहा । सिरहाको लहान नगरपालिका–२२ जहदी गमहरियास्थ ...

बनिनसक्दै भासिएको ग् ...

मध्यपहाडी लोकमार्ग अन्तर्गत दिक्तेल–चखे ...

वीरगन्ज नाकाबाट १० म ...

वीरगन्ज । वीरगन्ज नाका हुँदै चालु आर्थिक वर्षको १० महिन ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]