सप्तकोसीको कहरः टापुबासी जेखिममा

  • साउन २४, २०७९ / नेपाल रेखा
alt

  • धिरेन्द्रकुमार चौधरी
    उदयपुर । सप्तकोसी नदिमा उदयपुर जिल्लाको बेलका नगरपालिका वडा नम्बर ८ मा भएको कटानबाट बाढी पस्दा त्यस क्षेत्र डुबानमा परेको छ ।
    बुधबार बिहानको समयमा कोशी नदिको तटबन्ध कटान गर्दा नपाको वडा न. ३ र ८ मा रहेकोे वडाको बिभिन्न भाग डुबानमा परेको हो । कटानबाट कोशी नदिको बाढी जाने क्रम अझै रोकिएको छैन । स्थानीयबासीका अनुसार यहाँको खेत घर सबै डुबान भएको छ । पीडितहरु कोहि स्थानीय बिद्यालय र कोहि त्रिपाल टाङ्गेर बसिरहेका छन् । त्यस क्षेत्रका किसानको धान बाली सबै डुबानमा रहेको छ ।
    त्यस क्षेत्रमा खोला नाला र पहाड रहेको छ । यसले गर्दा होचा भाग डुबानमा रहेको स्थानीयले बताएका छन् । बेलका नपा ८ कि स्वेता दाहालले डुबानमा परेका पीडितलाई खान, बस्न समस्या रहेको बताइन् । बेलका नपा ९ बस्ने चन्द्रबहादुर गुरुङले नपाको वडा नं. ३ र ८ मा बाढी पसेको जानकारी दिए ।
    एक महिना अगाडि त्यस क्षेत्रमा बोरामा माटो भरी तटबन्ध मर्मत गरेको स्थानीयले बताएका छन् । स्थानीयले नदिको कटान र बाढी कता पस्ने हो डराइ डराइ दिन बित्ने गरेको बताए ।
    त्यसैगरी कोशिमा पानी बढी भएको कारण कोशी नदिको बिच भागमा रहेको टप्पु क्षेत्रमा बसोबास गर्नेहरुले समेत कष्टकर जिवन बिताइरहेका छन् । टप्पु क्षेत्रमा बराहक्षेत्र नपाको ६, ९ वडा र बेलका नपाको दुई वटामा बसोबास रहेको छ । बराहक्षेत्र नपाका नगरप्रमुख रमेश कार्कीले टप्पुबासी अझै जोखिममा रहेको जानकारी दिए । उनले नपाले त्यस क्षेत्रकाबासीलाई सुरक्षित स्थानमा बस्न आग्रह गरेको जानकारी दिए ।
    बेलका नपा ८ का वडा सचिव दिलिप राईले बाढी पसेको क्षेत्रमा खेत र घर डुबानमा रहेको जानकारी दिए । उनले अहिलेसम्म मानबीय क्षती नभएको जानकारी दिए ।

उद्वार तथा राहतका ला ...

उद्वार तथा राहतका लागि रसुवाको धुञ्चेमा बुधबा ...

मनकारी विद्यार्थीहरू ...

डि पी ढुंगेल मोरङ । रङ्गेली नगरपालिका–१ स्थित श्र ...

शव व्यवस्थापन गरिँदै ...

भोटेकोशी बाढीपछि खोजी तथा उद्धारका क्रममा भेट ...

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]