रामधुनीका दुई विद्यालय व्यवस्थापन समितिबिहिन

  • साउन २३, २०७९ / नेपाल रेखा
alt

  • धिरेन्द्रकुमार चौधरी
    रामधुनी । सार्वजनिक बिद्यालयमा पठन–पाठन गुणस्तरीय बनाउन तथा बिद्यालयको शैक्षिक बिकासका लागि ब्यबस्थापन समिति गठन हुनु पर्ने शैक्षिक प्रावधान रहेको छ ।
    सामुदायिक बिद्यालयमा विभिन्न कारणले शैक्षिक स्तर खस्किएको अबस्थामा ब्यबस्थापन समिति नहुनु एक कारण रहेको सरोकारवाला बताउछन् । दिद्यालय ब्यबस्थापन समितिको शैक्षिक क्षेत्र बिकासका लागि अनुगमन, निरिक्षण र बिद्यालय प्रशासनको सहकार्यमा शैक्षिक क्षेत्र बिकासका विभिन्न काम गर्ने प्रावधान रहेको छ । बिद्यालयमा व्यवस्थापन समिति नहुदा शैक्षिक क्षेत्र लथालिङ्ग भएको स्थानीयबासीले बताएका छन् ।
    रामधुनी नगरपालिका वडा नम्बर ९ मा रहेको श्री चन्द्र कमल माबिमा ब्यबस्थापन समिति नहुदा पठन–पाठनको स्तर खस्किदै गइरहेको स्थानीयबासिले बताएका हुन् । बिगत चार महिनादेखि बिद्यालय ब्यबस्थापन समितिबिहिन रहेको छ । यस अघि बिद्यालयमा रहेको ब्यबस्थापन समितिका पदाधिकारी प्रायले स्थानीय तहको निर्बाचनमा उम्मेदवार भै चुनाब जितेको र अध्यक्षको निधन भएको कारण बिद्यालय ब्यबस्थापन समिति बिहिन बन्न पुगेको छ । नयाँ ब्यबस्थापन समिति गठन गर्न बिद्यालय प्रशासनले खासै चासो नलिदा समिति बिहिन बन्न पुगेको हो । यस सम्बन्धमा बिद्यालयका प्रअ मायाराम चौधरीसंग कुरा गर्दा गठन गर्ने जानकारी दिएका छन् ।
    त्यसैगरी रामधुनी २ मा रहेको राजेश्वरी आधारभुत बिद्यालयमा ब्यबस्थापन समिति गठन हुन सकेको छैन । बिद्यालयका प्रअ परिवर्तन हुदा समयमा समिति गठन हुन नसकेको बताइएको छ ।
    स्थानीय जनप्रतिनिधिले पनि सार्वजनिक बिद्यालयको शैक्षिक बिकासका लाग चासो नलिदा बिद्यालय अभिभावक बिहिन बन्न पुगेको छ । यस सम्बन्धमा रामधुनी–९ का वडा अध्यक्ष घनश्याम चौधरी संग बुझ्दा उनले आफूले पटक–पटक बिद्यालयमा ब्यबस्थापन समिति गठन गर्नका लागि कुरा चलाएको बताए ।
    यस सम्बन्धमा रामधुनी नगरपालिका कार्यालयका शिक्षा शाखा प्रमुख राजन गेलानसंग बुझ्दा उनले रामधुनी नगर क्षेत्र अन्तर्गत दुई बटा बिद्यालयमा ब्यबस्थापन समिति नरहेको जानकारी दिए । रामधुनीमा २६ वटा सामुदायिक बिद्यालय छन् भने एउटा मदर्सा रहेको छ ।

उखु खेती ...

सुनसरीको गढी गाउँपालिका-३, छिटाहामा किसानले लगाएको उखु ...

झुपडीबाट पक्की घरमा ...

सिरहा । सिरहाको लहान नगरपालिका–२२ जहदी गमहरियास्थ ...

बनिनसक्दै भासिएको ग् ...

मध्यपहाडी लोकमार्ग अन्तर्गत दिक्तेल–चखे ...

वीरगन्ज नाकाबाट १० म ...

वीरगन्ज । वीरगन्ज नाका हुँदै चालु आर्थिक वर्षको १० महिन ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]