उद्धार र राहतलाई प्राथमिकता

  • साउन २०, २०७९ / नेपाल रेखा
alt

सुनसरी । प्रदेशस्तरीय विपत् व्यवस्थापन समितिको बैठकले सप्तकोसी नदीको कटानले प्रभावितको उद्धार र राहतलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने निर्णय गरेको छ ।
प्रदेश नं १ विपद् व्यवस्थापन समितिका संयोजक प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीको अध्यक्षतामा बसेको बैठकले उद्धार र राहतलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने निर्णय गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए । बैठकले कोसी कटानलाई नियन्त्रण गर्ने, नदी नियन्त्रण कार्यालयमार्फत तत्काल काम सुरु गर्ने, उद्धार तथा राहतमा प्रदेशस्तरीय विपत् व्यवस्थापन समिति, जिल्लास्तरीय विपत् व्यवस्थापन समिति र नगरस्तरीय विपत व्यवस्थापन समितिले समन्वय गरेर काम गर्ने निर्णय भएको उनले बताए ।
त्यस्तै बाढीको जोखिम र प्रभावित भएका बस्तीका स्थानीयवासीलाई हस्तान्तरण गरी सुरक्षित रूपमा बसोबास गराउन वडास्तरीय व्यवस्थापन तथा टोल विकास समितिलाई परिचालन गर्ने निर्णय भएको छ । त्यस्तै सरोकारवाला पक्षसँगको समन्वय र सहयोग लिएर काम गर्ने, अस्थायी बसोबासका लागि विद्यालय, त्रिपाल, खाद्य र गैर खाद्य, शौचालय, सुरक्षाको व्यवस्थापनका लागि कार्य गर्ने निर्णय भएको उनले बताए ।
बैठकमा प्रदेश नं १ का भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री हिमाल कार्की, उदयपुरका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादव, सुनसरीका प्रमुख जिल्ला अधिकारी यादव, मोरङका प्रमुख जिल्ला अधिकारी काशीराम दाहाल, बेलका नगरपालिका प्रमुख अशोक कार्की, सुनसरी बराहक्षेत्र नगरपालिका प्रमुख रमेश कार्की, सप्तरीको सप्तकोसी नगरपालिका प्रमुख, कञ्चनपुर नगरपालिका प्रमुख, तीन वटै सुरक्षा निकायका प्रमुख लगायतको सहभागिता रहेको थियो ।
बाढीबाट जोखिममा र प्रभावित भएका स्थानीयवासीलाई सुरक्षित स्थानमा ल्याउने कार्य जारी छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र सेनाको टोली सक्रिय रूपमा उद्धारमा लागि परेको छ ।
यसैबीच सप्तकोसी नदीमा आएको बाढीपीडितका लागि प्रदेश सरकारले राहत सामग्री पठाएको छ । प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले राहत पठाएको हो । बुधबार सप्तकोसी नदी पुरानै धारमा फर्किएर उदयपुरको बेलका नगरपालिकाका पाँच वडाको मानवबस्तीमा प्रवेश गरेर तहसनहस पार्दा एक हजार ५०० घरपरिवार विस्थापित भएका छन्् । विस्थापितलाई सरकारले उद्धार गरेर सुरक्षित स्थानमा सारिसकेको छ । मन्त्रालयले पीडितका लागि खाद्यान्नलगायत राहतका सामग्री पठाइसकेको छ ।

उखु खेती ...

सुनसरीको गढी गाउँपालिका-३, छिटाहामा किसानले लगाएको उखु ...

झुपडीबाट पक्की घरमा ...

सिरहा । सिरहाको लहान नगरपालिका–२२ जहदी गमहरियास्थ ...

बनिनसक्दै भासिएको ग् ...

मध्यपहाडी लोकमार्ग अन्तर्गत दिक्तेल–चखे ...

वीरगन्ज नाकाबाट १० म ...

वीरगन्ज । वीरगन्ज नाका हुँदै चालु आर्थिक वर्षको १० महिन ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]