‘होटलमा अपराधिक गतिविधि भए प्रहरीलाई खबर गर्नु’

  • साउन १७, २०७९ / नेपाल रेखा
alt

इटहरी । सुनसरीको इटहरीमा होटल व्यवसाय र अपराध न्यूनीकरणसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । इटहरी स्थित होटल इन्टुरिष्ट प्यालेसमा बिभिन्न सुरक्षा निकायका पदाधिकारी, होटल व्यवसायी र इटहरी नगर प्रमुखबीच होटलमा हुने अपराधिक गतिविधि न्यूनीकरणका सम्बन्धमा छलफल गरिएको थियो । होटल व्यवसायी संघ इटहरीका अध्यक्ष जीवन पराजुलीको अध्यक्षतामा आयोजित कार्यक्रमका विशिष्ट अतिथी समेत रहेका सुनसरी जिल्ला प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले प्रशासन र होटल व्यवसायीहरुबीचका सम्बन्धका लागि कार्यक्रम गर्ने र समिति गठन गर्ने मानव व्यवस्थापन, जोडीहरुको व्यवस्थापन हटाउन सामूहिक रुपमा काम गनुपर्ने, समस्या भए स्थानीय प्रहरीमा खवर गर्नुपर्ने साथै नियमन गनुपर्नेमा सबैको साथ र सहयोग हुनुपर्ने बताए ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका इटहरी उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पौडेलले व्यवसायलाई मर्यादित बनाउने, सबैलाई करको दायरामा ल्याउने र स्थानीय उद्योग र पर्यटन स्थानीय सरकारको एकल अधिकार रहने र अनुगमन समिति निर्माण गरि करको दायरामा रहेकालाई स्वयम घोषणा गरि राजश्वमा जोडिन आहवान गरे र जरिवाना मिनाह गर्ने साथै भाडादर निर्धारण गर्ने समेत बताए । साथै कार्यक्रममा सुरक्षा निकायका प्रमुखहरु र इटहरी ६ नम्बरका वडा अध्यक्ष दिवश पोख्रेलको सहभागिता रहेको थियोे ।

मनकारी विद्यार्थीहरू ...

डि पी ढुंगेल मोरङ । रङ्गेली नगरपालिका–१ स्थित श्र ...

शव व्यवस्थापन गरिँदै ...

भोटेकोशी बाढीपछि खोजी तथा उद्धारका क्रममा भेट ...

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]