लोक गायिका गंगा गौतमको तिज गीत छोरी सार्वजनिक हुदै

  • साउन १७, २०७९ / नेपाल रेखा
alt

इटहरी । हिन्दु महिलाहरुको महान चाड तिज नजिकीएसंगै तिज लक्षित गीतहरु सार्वजनिक हुने गरेका छन् । यस वर्ष पनि तिज नजिकिरहेको समयमा तिजका गीत सार्वजनिक हुने क्रम बढेका छन् । इटहरीकी चर्चित लोक तथा दोहोरी गायिका गंगा गौतमले पनि तिज गीत ‘छोरी’ ल्याउने भएकी छन् । लोक, लोक दोहोरी, मारुनी, काठे भाका, ट्राफिक जनचेतना मुलक गित, तिज, तिहार, वातावरण लगायतका विषयवस्तु समेटिएका ५० भन्दा वढी गीतहरु गाएर चर्चित बनेकी गंगा गौतम आचार्यको तिज गीत छोरीको छायाँकन सकिएर सार्वजनिक गर्न लागेकी हुन् ।
राजकुमार बगरको शब्द लय, सुमन सागर र जंग केसीको निर्देशन कमल सौरागको एरेन्ज तथा गायिका गौतमको स्वर रहेको तिज गित शुक्रबार सार्वजनिक गरिने गायिका गौतमले जानकारी दिइन् ।
काठमाडौंको बालाजुमा छाँयाकन गरिएको तिज गीत छोरीमा चर्चित हास्य कलाकार दिपाश्री निरौलाका साथै कविता आले लगायतका कलाकारहरुको नृत्य तथा अभिनय रहेको छ ।

दशैंको मुस्कान पछाडि ...

  दशैं नजिकिँदै छ। घरमा हाँसो, टीका, जमरा, मिठो ख ...

भेडेटार पार्क ...

पूर्वको प्रसिद्ध पर्यटकीयस्थल धनकुटाको भेडेटा ...

बिक्री गर्दै बाँसका ...

जनकपुरधाम उपमहानगरपालिका-६ पेठिया बजारमा बाँस ...

बूढीगण्डकी नदीकाे बा ...

बाढी आएपछि गोरखास्थित बूढीगण्डकी नदी आसपास क् ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]