पत्रकार कार्की र स्वास्थ्यकर्मी सम्मानित

  • साउन १७, २०७९ / नेपाल रेखा
alt

इटहरी । सुनसरी स्थित इटहरी अस्पतालको तेस्रो बार्षिक उत्सवको अवसरमा आयोजित कार्यक्रममा पत्रकार दीपक कार्कीसहित स्वास्थ्यकर्मीलाई सोही अस्पतालले सम्मान गरेको छ ।
कोरोना कहरका समयमा समेत सक्रियताका साथ मानव स्वास्थ्य सुरक्षाका विषयमा पत्रकारिताका माध्यमबाट योगदान पुर्याएको भन्दै पत्रकार दीपक कार्कीलाई इटहरी अस्पतालले नगदसहित सम्मान गरेको हो ।
अस्पतालले कोरोना कालमा खटिने अस्पतालका कर्मचारीहरुलाई समेत सम्मान गरेको छ । कोरोना कालमा खटिने कर्मचारीहरुमा वेष्ट डिर्पाटमेन्ट अवार्डबाट रेडियोग्राफर सन्तोष कार्की सहित कोरोनाकालमा खटिने स्वास्थ्यकर्मीहरु सिनियर स्वास्थ्यकर्मी दुर्गाबहादुर खड्का, सिनियर अनमी बिनु श्रेष्ठ लगायत ९ जनालाई नगद सहित सम्मान गरिएको थियो ।
उनीहरुलाई इटहरी उपमहानगरपालिका प्रमुख हेमकर्ण पौडेल लगायतले सम्मान पत्रले सम्मान गरेका थिए ।
अस्पतालका प्रमुख डाक्टर योगेश चेम्जोङ्गको अध्यक्षतामा भएको तेस्रो बार्षिक उत्सव कार्यक्रममा अस्पताललाई सहयोग गर्नेहरु व्यक्ति तथा संघसंस्थाहरुलाई कदर पत्र प्रदान गरिएको अस्पतालका प्रशासन प्रमुख रामकुमार धमलाले जानकारी दिएका छन् ।
सोही कार्यक्रममा उपभोक्ताको सहजताकालागि टोकन मेसिन, एक्सरे मेसिन, एक्सरे मेसिन र नयाँ प्रविधि सहितको ल्याव सेवाको पनि उद्घाटन गरिएको प्रशासन प्रमुख रामकुमार धमलाले जानकारी दिए ।

कोशी प्रदेश सरकारले ...

विराटनगर । २०८३ सालको संबिधान दिवस भब्यताका साथ मनाउन क ...

मुस्कुराइरहेको प्रकृ ...

–विजय खतिवडा प्राकृतिक सौन्दर्य, जैविक विविधता र ...

सिदादान गर्न लामबद्ध ...

कुशे औँशीका अवसरमा शुक्रबार भक्तपुर नगरपालिका ...

भोटेकोशी बाढीमा बेपत ...

इटहरी । भदौ १० गते आएको भोटेकोशी बाढीमा बेपत्ता भएका बर ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]