भुक्तानी मौज्दातमा समस्या छैन : मुख्यमन्त्री राई

  • साउन ९, २०७९ / नेपाल रेखा
alt

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले सरकारको ढुकुटीमा भुक्तानी मौज्दात पर्याप्त भएकाले चालू आर्थिक वर्षको बजेट खर्च गर्न कुनै समस्या नहुने बताएका छन् । बजेटको अभाव नभएकाले आर्थिक वर्षको सुरुबाटै योजना बनाउन र समयमै सम्पन्न गर्न मुख्यमन्त्री राईले कर्मचारीहरूलाई निर्देशन दिएका छन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सोमबार आयोजित वार्षिक समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले भुक्तानी मौज्दात अनुमानभन्दा बढी व्यवस्थापन भएकाले बजेट कार्यान्वयनमा समस्या नहुने बताएका हुन् । उनले प्रदेशस्तरका मन्त्रालय तथा कार्यालयमा कर्मचारी व्यवस्थापन गर्नुपर्दा मापदण्ड बनाएर पारदर्शी ढंगले गर्न निर्देशन पनि दिए । उनले–‘कर्मचारी व्यवस्थापनका सम्बन्धमा समस्या नआउनेगरी मापदण्ड बनाउनुहोस् ।’ कर्मचारीको पूर्ण विश्वासका साथ सरकार सञ्चालन गर्ने आफूहरूको नीति भएको उल्लेख गर्दै मुख्यमन्त्री राईले कर्मचारी र सरकारबीचको मित्रवत भावनाबाट समग्र कार्यसम्पादन प्रभावकारी हुने बताए।
कार्यक्रममा प्रमुख सचिव विनोदप्रकाश सिंहले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय प्रदेश नं. १ सरकारको समग्र नेतृत्व गर्ने निकाय भएकाले यो अरुका लागि उदाहरणीय हुनुपर्ने धारणा व्यक्त गरे । समीक्षा कार्यक्रममा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिवहरूसहित अन्य कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

उद्वार तथा राहतका ला ...

उद्वार तथा राहतका लागि रसुवाको धुञ्चेमा बुधबा ...

मनकारी विद्यार्थीहरू ...

डि पी ढुंगेल मोरङ । रङ्गेली नगरपालिका–१ स्थित श्र ...

शव व्यवस्थापन गरिँदै ...

भोटेकोशी बाढीपछि खोजी तथा उद्धारका क्रममा भेट ...

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]