थुलुङदुधकोशीको देउसामा लक्ष्मी बैंकको शाखा रहित सेवा सुरु

  • साउन ९, २०७९ / नेपाल रेखा
alt

सोलुखुम्बु । थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष असिम राईले सामाजिक सुरक्षा भत्ता वितरणलाई सहजै प्राप्त गर्ने वातावरण निर्माण गर्ने प्रयास भइरहेको बताएका छन् । गाउँपालिका वडा नम्बर ८ बुडिडाँडामा लक्ष्मी बैंकको शाखा रहित सेवा उद्घाटन गर्दै अध्यक्ष राईले यस्तो बताएका हुन् ।
सामाजिक सुरक्षा भत्ता वितरणलाई पारदर्शी बनाउने गरि बैंकिङ प्रणाली लागू गरेको भएपनि भौगोलिक हिसाबले कठिन भएको भन्दै अध्यक्ष राईले वडा नं. ७ र ८ लाई लक्षित गरि बुडिडाँडामा सेवा सुचारु गरिएको बताए । यस्तै जुबु र लोखिमलाई लक्षित गरि केहि दिनभित्रमै सुकेपोखरीमा पनि यस्तै शाखा रहित सेवा सञ्चालन गरिने अध्यक्ष राईको भनाइछ ।
बृद्धबृद्धा तथा अपाङ्गता भएकाहरुलाई सामाजिक सुरक्षा भत्ता लिन बैंकसम्म पुग्दा असहजतासंगै महङ्गो समेत हुने भएकाले स्थानीय सरकारले सहजीकरण गरिदिएको गाउँपालिकाले जनाएको छ ।
लक्ष्मी बैंक मुक्लिबाट प्राप्त गर्ने सबै सेवाहरु शाखा रहित काउण्टरबाट प्राप्त गर्न सकिने बैंकका मेनेजर प्रेमबहादुर बस्नेतले बताए । अब देउसाका नागरिकहरु खाता खोल्न, सिमित रकम राख्न तथा पठाउन एमव् झिक्न सकिने उनको भनाई छ ।
स्थानीय सरकारले हरेक नागरिकको समस्यालाई मध्यनजर राख्दै भूगोल अनुसार टोलमा नै पुगेर भत्ता वितरण गर्ने व्यवस्था मिलाइने वडा नं. ७ का वडा अध्यक्ष भोजराज कार्कीले बताए । गाउँपालिका प्रवक्ता समेत रहेका कार्कीले वडा तहमा देखिएको समस्या समाधान गर्ने दायित्व वडा सरकारको भएकाले सोही अनुसार जिम्मेवारी बहन गरेको अवस्थामा नागरिकलाई सहजता मिल्ने उनको विश्वास छ ।
देउसामा सञ्चालित लक्ष्मी बैंकको उक्त शाखा रहित सेवाका सञ्चालक चुडामणि केसी रहेका छन् । उनले प्रभावकारी सेवा प्रवाहमा आफुले सक्दो प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उद्वार तथा राहतका ला ...

उद्वार तथा राहतका लागि रसुवाको धुञ्चेमा बुधबा ...

मनकारी विद्यार्थीहरू ...

डि पी ढुंगेल मोरङ । रङ्गेली नगरपालिका–१ स्थित श्र ...

शव व्यवस्थापन गरिँदै ...

भोटेकोशी बाढीपछि खोजी तथा उद्धारका क्रममा भेट ...

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]