मोरङ । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले विराटनगर महानगरपालिका वडा नम्बर १६ स्थित भारतको जोगबनीबाट नेपालतर्फ अबैध रुपमा भन्सार छली चोरी पैठारी गरी लुकाई छिपाइ ल्याइएको लत्ता कपडा बरामद गरेको छ ।
सेण्डो भेस्ट, टप्स, कुर्ता सुरुवाल, म्याक्सी, लेडिज सुरुवाल, पेन्टी, लेडिज कट्टु, बच्चाको हाफ पेन्ट, गाम्छा, बच्चाको जामा, बच्चाको भेस्ट, ब्लाउज) लगायत तथा खाध्यान्न सामान समेत गरी १ लाख ३९ हजार भन्दा बढिका लत्ताकपडा तथा खाध्यान्न सामान ल्याउदै गरेको अबस्थामा प्रहरी टोलीले बरामद गरेको हो ।
ती सामाग्री आवश्यक कारवाहीको लागि भन्सार कार्यालय रानी विराटनगरमा बुझाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।