किसानहरु धान रोपाइंमा व्यस्त

  • साउन ४, २०७९ / नेपाल रेखा
alt

धिरेन्द्रकुमार चौधरी
रामधुनी । यतिबेला किसानलाई धान खेत रोपाइको चटारो परेको छ । अत्यन्त प्रचण्ड गर्मीमा किसान खेती रोपाइमा ब्यस्त रहेका छन् । जेठ महिनाको अन्तिम देखि असार, साउन महिनासम्म किसान धान खेतमा ब्यस्त हुन्छन् । शुरुमा बिउ धानको ब्याड लगाउछन् । बिउको २० दिन वा एक महिना भएपछि खेत तयारी गर्न लाग्छन् ।
खेत तयारी गर्न पानी लगाउने, खनजोत गर्ने, आलि बनाउने काम पुरुषले गर्दै आएका छन् भने महिलाले धान रोपाइको काम गर्छन् । कतै कतै पुरुषले समेत रोपाइको काम गर्ने गर्छन् । किसानले आधुनिक मेसिन पावर टिलार, ट्रयाक्टर, रोटाभेटरबाट खेत जोत्ने गर्छन् ।
कृषि क्षेत्रमा काम गर्ने मजदुरको अभाव रहेको किसानहरु बताउछन् । अहिले शहर बजारमा बस्ने ब्यक्तिले भात खानकै लागि गाउतिर खेत किनेका हुन्छन् । उनीहरुले खेत स्थानीय भाषा बटिया तथा आफुले आधा बाली पाउनेगरी कृषि मजदुरलाइ खेती गर्न दिएका हुन्छन् । कृषि क्षेत्रमा अभाबै अभाब र समस्या देखिएकोले थौरै जग्गामा किसानले खेती गर्ने गरेको पाइन्छ । खेतीमा मलखाद, सिचाइ, कृषि श्रमिक अभाव र लागतजस्तो मुल्य नपाउनु बिभिन्न कारण रहेकोले कृषकले थौरै खेती गर्ने गर्छन् ।
पहिले पहिले तराइमा थारु समुदायका महिलाहरूले खेत रोप्दा लोक सांस्कृतिक गित गुन्जने गर्दथ्यो अहिले गित हराउने अबस्थामा रहेको छ ।
महिलाहरू खेत रोप्नमा सहयोगी भाबना निर्बाह गर्दै आएका छन् । एकले अर्काको खेतमा रोपाइका लागि सघाएर श्रम साटासाट गर्ने चलन रहेको छ । यसले गर्दा खेत रोपाइमा सामुहिक भावनाको समेत बिकास भएको पाइन्छ ।
यस बर्ष जेठ देखिनै शुरु असारसम्म भारी बर्षा भएको र अहिले प्रचण्ड गर्मीका कारण किसानले बर्षाको पानीबाट गरिने खेती बाझै रहेको बताएका छ्न । सुनसरी मोरङमा नहरको पानीले किसानहरु खेती गर्ने गर्छन् । जङ्गल छेउमा पानीको मुहान रहेकोले मुहानकै पानीले किसान खेतमा सिचाइ गर्छन् । केहि ठाउमा बोर्डिङ बाट पानी तानी भूूमिगत सिचाइको आधारमा कृषकहरू खेती गर्दै आएका छन् ।
खेती किसानी काम निकै जोखिम रहेको रामधुनी–९ का रतनदिप चौधरी बताउछन् । समयमा कडा श्रम गर्नुपर्छ, आलि बनाउदा खेतमा सर्प समेत देखिने भएकोले होसियार पूर्वक काम गर्नुपर्छ । घाम पानी नभनी खेतमा काम गर्नु पर्ने उनको धारणा रहेको छ ।

उद्वार तथा राहतका ला ...

उद्वार तथा राहतका लागि रसुवाको धुञ्चेमा बुधबा ...

मनकारी विद्यार्थीहरू ...

डि पी ढुंगेल मोरङ । रङ्गेली नगरपालिका–१ स्थित श्र ...

शव व्यवस्थापन गरिँदै ...

भोटेकोशी बाढीपछि खोजी तथा उद्धारका क्रममा भेट ...

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]