पुल हुदाहुदै पनि डुंगाको भरमा रतुवा खोला पार गर्नुपर्ने बाध्यता

  • साउन १, २०७९ / नेपाल रेखा
alt

कुमोद अधिकारी
विराटनगर । मोरङ र झापा जिल्लालाई जोड्ने रतुवा खोलाको पुल खोलाको मापदण्ड अनुसार नबन्दा पुल बनेको लामो समय बितिसक्दा पनि संचालनमा आउन सकेको छैन ।
खोलाको लम्बाई अनुसार पुल नबन्दा अहिले पुल खोलाको विचमा छ भने पुलको पूर्व पश्चिम दुबैतिर भंगालो भएर खोला बगि रहेको छ । पुलको दुवैतर्फ भंगालोमा खोला बग्न थालेपछि पुल प्रयोग बिहिन भएको हो । पुल प्रयोग विहिन भएपछि मोरङ र झापा जिल्लाका मानिसहरुलाई सो खोला तर्न दुवै भंगालोमा दुईवटा डुंगाको प्रयोग गर्नुपर्ने वाध्यता छ ।
निर्माण भएको ९ वर्ष विति सक्दापनि पुल संचालनका लागि कसैले चासो नदिदा आवात जावतमा समस्या भएको स्थानीयको गुनासो छ । रतुवामाई नगरपालिका–१ कल्याणपुरका लक्ष्मीप्रसाद खड्काले खोलाको विचमा बनाएको सो पुल संचालनका लागि कसैलेपनि चासो नदिदा मोरङ र झापा जिल्लाका सर्वसाधारणलाई आवत जावतमा समस्या भएको बताए ।
आफूले देखेदेखि पुलको मात्र नभएर पुल जोडने पश्चिम तर्फको सडकको समेत अवस्था उस्तै रहेको उनको भनाइछ । अर्का स्थानीय मिना खड्काले आफना इष्टमित्र सबै झापा तिर भएपनि खोलामा बाढि आउदा त्यहाँ पुग्न नस्कने भएकाले चाँडै पुल संचालनमा ल्याउन आग्रह गरिन् ।
करोडौ रुपैयाँ लगानीमा बनाइएको सो पुल प्रयोगविहिन हुदा सर्वसाधारण खोला वारपार गर्दा एक जनाको डुंगामा २० रुपैया, मोटसाइकल सहित ५० रुपैया र साइकल सहित एकजानको ३० रुपैया लिदै आएको छ । खोलामा ठुलो बाढि आउदा डुंगा समेत चल्ने अवस्था हुदैन । खोलामा ठुलो बाढि आउदा डुंगामा जोखिम मोलेर खोला वारपार गर्नुपर्ने वाध्यता रहेको झापा गौरादह नगरपालिका–८ का विजेन्द्र ताजपुरियाको भनाई छ । ठुलो बाढि आउदा ड्रमको डुंगा बनाएर त्यसलाई डोरीले बाँधेर तान्ने गरेकाले त्यो आफैंमा कतिको जोखिम हुन्छ सहज बुझ्न सकिन्छ उनले भने त्यस कारण पनि पुल चाडै संचालन हुनुपर्छ । भारतको फुलबरियाको पुल र रतुवा खोलाको पुल संगै निर्माण शुरु भएको फुलवरियामा बनेको पुल संचालनमा आइ पुरानो भइसकेको छ भने यो पुल अहिलेसम्म संचालन नहुनु दुःखको कुरा भएको उनले बताए।
विराटनगर देखि झापाको भद्रपुर जोड्ने सो पुल संचालनमा ल्याउन सके आवत जावतमा सहज हुने र दुबै जिल्लामा आर्थिक गतिविधि बढ्ने निश्चित छ । हुलाकी राजमार्गको मेरुदण्डको रुपमा रहेको पुलले सो क्षेत्रको मानिसहरुको भाग्य भविष्य जोडिएको छ ।
रतुवामाइ नगरपालिका–४ का नरेन्द्रप्रसाद गुरागाईले पुलमा यत्रो ठुलो लगानी गरेर पुल संचालन नहुदा विकासमा अवरोध सृजना भएको बताए । पुल संचालन हुने हो भने झापाको भद्रपुरबाट मोरङको विराटनगर डेढ घन्टामा पुग्न सकिन्छ तर लामो सयमदेखि पुल अलपत्र अवस्थमा रहदा अहिले सो क्षेत्रका मानिसहरु भारतको फुलवरियामा रहेको पुलको प्रयोग गरेर गौरिगन्ज लगायत झापाको बिभिन्न ठाउँमा पुग्ने गरेको उनको भनाइछ ।
रतुवा खोलाको पुल संचालनका लागि सो क्षेत्रका पालिकाहरुले पटक–पटक आग्रह गरेपनि धेरै वजेटको आवश्यकता पर्ने भएकाले सुनवाई हुन सकेको छैन । रतुवामाई नगरपालिकाका प्रमुख नागेश्वरप्रसाद सिंहले आफू पालिकाको प्रमुख हुनु अघि देखि पुल संचालनका लागि सम्बन्धित निकायमा पटक–पटक पहल गर्दापनि चासो नदिएको गुनासो गरे । रतुवामाइको महादेवा चौकी घाट देखि खोला शुरु हुने भएकाले पुलको स्पाम थप गरेर पुलको लम्बाई बढाउदै चौकी घाटसम्म तारजाली सहितको दिगो तटवन्ध बनाउन सके पुल संचालनमा ल्याउन सहिने सिंहको भनाइछ । खोलामा आउने वाढिले निरन्तर कटान गर्ने गरेकाले पुल खोलाको विचमा पुगेको र खोलाले धार परिवर्तन गरि भने पुलको पूर्व पश्चिम भएर बग्न थालेको स्थानीय बताउछन् ।

pul 3 pul 4 pul 2

उद्धार उडानको प्रतीक ...

रसुवाकाे गोसाईकुण्डबाट फर्किएर अलपत्र अवस्थाम ...

बाढीका पीडितलाई डब्ल ...

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले रसुवाक ...

प्रभावित जिल्लामा तत ...

काठमाडौँ । सरकारले आपत्कालीन व्यवस्थापनका लागि प्रभावित ...

रसुवामा भीषण बाढी, स ...

रसुवा । रसुवामा आएको भीषण बाढीका कारण स्याफ्रुबेँसी, टि ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]