इटहरी । पूर्वी नेपालका चर्चित कवि देवान किरातीको कविता संग्रह हुरीमा नाचिरहेको ईश्वरको दोस्रो संस्कंरण एक कार्यक्रम विच सार्वजनिक गरिएको छ ।
कार्यक्रममा कविता संगंह वाणि प्रकाशनद्धारा प्रकाशित कविता संग्रहमा ९५ वटा कविताहरु संग्रह गरिएको छ ।
प्रेम, भाव, सन्देश र समसमायिक विषयहरु समेटेर लेखिएको कविताहरुको सार्वजनिकिरण कार्यक्रमका प्रमुख अतिथि तथा चर्चित साहित्यकार गणेश रसिक, जसराज किरात, बम देवान र सीमा आभासले संग्रह गरिएका कविताहरुमाथि समिक्षात्मक टिप्पणी गरेक थिए ।
उनीहरुले पुस्तकमा समेटिएका कविताहरुले किरातीका लेखक तथा कवि देवानको कविता लेखन क्षमता अदभुत रहेको विचार व्यक्त गरेका थिए ।