प्रदेश सरकारद्वारा ३७ जना श्रष्ठा सम्मानित

  • असार २९, २०७९ / नेपाल रेखा
alt

विराटनगर । भाषा, कला तथा संस्कृतिको क्षेत्रमा योगदान पुर्याउने श्रष्टाहरुलाई प्रदेश १ सरकारले विराटनगरमा सम्मान गरेको छ ।
पर्यटन तथा संस्कृति मन्त्रालयको आयोजनमा भएको श्रष्टा सम्मान कार्यक्रमा गत वर्ष र यो वर्ष छनौट भएका प्रदेश नं. १ का ३७ जना श्रष्टाहरुलाई नगद र कदपत्र सहित सम्मान गरिएको हो ।
उनीहरुलाई बालकृष्ण पोखरेला भाषा, साहित्य सम्मान, प्रदेश भाषा साहित्य कला सम्मान तथा नवोदित भाषा कला साहित्य सम्मान विधामा सम्मान गरिएको हो ।
प्रदेस नं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले उनीहरुलाई सम्मान गरेका हुन् । सो अवसरमा बोल्दै उनले भाषा कला संस्कृती देशको पहिचान भएकाले यसको संरक्षण सम्वद्र्धनमा सबै लाग्नुपर्ने बताए ।
भाषा संस्कृतिबाटै सबै जाति समुदायको पहिचान झल्कने भएकाले भाषा, संस्कृती र साहित्य क्षेत्रको विकासमा प्रदेश सरकार प्रतिबद्ध रहेको उनको भनाइ थियो ।
प्रदेश १ का पर्यटन तथा सस्कृती मन्त्री खिनु लङ्वा लिम्बूले प्रदेश १ को साहित्य कला क्षेत्रमा योगदान पुर्याउने  श्रष्टाहरुको सदैव प्रदेश सरकारले सम्मान गर्ने बताइन् । यस्ता सम्मानले उनीहरुलाई आफनो क्षेत्रमा लग्न केहि भए पनि बल पुग्ने उनको भनाइ थियो ।
कार्यक्रमा मन्त्रालयका सचिव ईश्वरकुमार गिरीले मन्त्रालयले छनोट समिति गठन गरेर समितिको सिफारिसको आधारमा श्रष्टाहरुको सम्मान गरिएको प्रष्ट पारे ।
सम्मानित तथा पुरस्कृत हुनुहुने श्रष्टाहरूः
क.बालकृष्ण पोखरेल भाषा, साहित्य, कला र संस्कृति श्रष्टा सम्मान– २०७९
१.प्रा. डा गोबिन्द तुम्वाङ–सुनसरी (भाषा, साहित्य, अनुसन्धान)
२ प्रा. डा. कालुराम खम्बु–(के.आर.खम्बु)–झापा (अनुसन्धान, संस्करण)
ख.प्रदेश भाषा, साहित्य, कला र संस्कृति श्रष्टा सम्मान–२०७९
१.टंक बहादुर खुलाल (मनु मन्जिल)
२.गोवर्धन तामाङ–उदयपुर (साहित्य)
३.विजय श्रेष्ठ– इलाम (मूर्तिकला)
४.भरत गुरागाईं–मोरङ (नाट्यकर्र्मी)
५.ममता गिरी–सुनसरी (साहित्य, लघुकथा)
६.गोपाल देवान–सुनसरी (नाटककार, निर्देशन)
७.वीरबहादुर लाप्चा–इलाम(लोक संस्कृति, संस्कृति संरक्षण)
८.हरि कट्टेल–सोलुखुम्बु (साहित्य)
९.मान सिंह थुलुङ–इलाम (संगीत)
१०.महेन्द्र राई–सुनसरी (चित्रकला)
११.जयन्तीरमण कण्ठ–सुनसरी (नाट्य अभिनयकर्मी)
१२.नवराज राई (नवराज वर्तमान)–भोजपुर (साहित्य, कथाकार, कवि)
ग.नवोदित भाषा, साहित्य, कला र संस्कृति श्रष्टा सम्मान पुरस्कार– २०७९
१.लिला उप्रेती (लिला अनमोल)–झापा (साहित्य)
२.यशोदाकुमारी लम्साल–सुनसरी (चित्रकला)
३.चेतन आङ्थुपो–इलाम (नाटक, निर्देशन)
४.मधुराज केरुङ–पाँचथर (चलचित्र, साहित्य)
५.विमला चिमोरिया–झापा (नाटक÷अभिनय)

उद्धार उडानको प्रतीक ...

रसुवाकाे गोसाईकुण्डबाट फर्किएर अलपत्र अवस्थाम ...

बाढीका पीडितलाई डब्ल ...

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले रसुवाक ...

प्रभावित जिल्लामा तत ...

काठमाडौँ । सरकारले आपत्कालीन व्यवस्थापनका लागि प्रभावित ...

रसुवामा भीषण बाढी, स ...

रसुवा । रसुवामा आएको भीषण बाढीका कारण स्याफ्रुबेँसी, टि ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]