विकासमा तीनै तहको समन्वय आवश्यकः मन्त्री कार्की

  • असार २७, २०७९ / नेपाल रेखा
alt

विराटनगर । प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले सङ्घ प्रदेश र स्थानीय तहको समन्वयविना विकाश सम्भव नभएको बताएका छन् ।
सोमबार विराटनगरमा आयोजित सङ्घ, प्रदेश र स्थानीय तह बिचको अन्तर सम्बन्ध हालसम्मको प्रयास र अबको प्राथमिकता विषयक गोष्ठीमा बोल्दै मन्त्री कार्कीले विकाशको काममा तीनै तहको समन्वय आवश्यक रहेको बताएका हुन् ।
‘सङ्घीय सरकारले आफू नै सबैभन्दा ठुलो हुँ भन्ने, प्रदेशले सङ्घ छुट्टै हो तर तलकोले मान्नुपर्छ भन्ने, स्थानीयले हाम्रो त आफ्नै अधिकार छ भन्ने त्यसमा वडा अध्यक्षले सिङ्गो वडा त मेरै हो भन्ने चलन छ । उनले भने,  यसो हुँदा कसरी विकाशका काम अगाडि बढ्छन् त ?’
सङ्घीयताले विकासको मोडललाई विकेन्द्रीकरण गर्दै लानुपर्नेमा त्यसो नभइरहेको बताउँदै मन्त्री कार्कीले भाग बन्डाका आधारमा हुने विकासलाई रोक्नुपर्नेमा जोड दिए ।
‘ऐनअनुसार स्थानीय सरकारले बजेट पास नगरी मेयरको भागमा यती उपमेयरको भागमा यति, वडा अध्यक्षलाई यति भन्ने हुन्छ । उनले भने, जब की कानून भनेको डर देखाउने चिज हैन ।’
गाउँपालिका महासङ्घलाई स्थानीय तहमा जनताका भावना अनुसार काम गराउन समन्वयकारी भूमिका खेल्न पनि मन्त्री कार्कीले आग्रह गरेका छन् ।

बिक्री गर्दै बाँसका ...

जनकपुरधाम उपमहानगरपालिका-६ पेठिया बजारमा बाँस ...

बूढीगण्डकी नदीकाे बा ...

बाढी आएपछि गोरखास्थित बूढीगण्डकी नदी आसपास क् ...

अस्पतालको गेटमै शिशु ...

इनरुवा । सुनसरीमा अस्पतालमा समयमा उपचार नपाएको आरोपपछि ...

हुलाकलाई ‘सरकारी कुर ...

काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिना ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]