समिट लघुवित्तद्वारा माया घरमा आश्रितलाई स्वास्थ्य सेवा प्रदान

  • असार २७, २०७९ / नेपाल रेखा
alt

इटहरी । बिभिन्न कारणले सडकमा भौतारिदै जीवन गुजारी रहेकाहरुलाई उद्धार गरी पारिवारिक वातारणमा संक्षरण गर्दै आएको सुनसरीको इटहरीमा रहेको मायाघर नेपालमा आश्रितहरुलाई लक्षित गरि एक दिवसीय स्वास्थ्य परिक्षण शिविर सञ्चालन गरियो ।
समिट लघुवित्त संस्था लिमिटेडले माया घर नेपालमा आश्रय लिदै आएकाहरुका लागि निःशुल्क स्वास्थ्य परिक्षण तथा औषधी उपलव्ध गराएको हो ।
अधिकारी मेडिकल हलको सहकार्यमा समिट लघुवित्तले माया घरमा रहेकाहरुको स्वास्थ्य परिक्षण, खाद्यान्न र शैक्षिक सामाग्री हस्तान्तरण गरेको छ ।
समिट लघुवित्तले माया घरमा बस्दै आएमा सम्पूर्ण आश्रितहरुलाई छाला रोग विशेषज्ञ डा.विविशा बानियाँ नेतृत्वको स्वास्थ्यकर्मीहरुको टोलीले स्वास्थ्य उपचार सेवा प्रदान गरेको छ ।
२०६६ सालमा स्थापित समिट लघुवित्तले बचत तथा कर्जा प्रवाह मात्र नगरेर सामाजिक कार्य समेत गर्दै आएको अधिकृत योगेन्द्र खनालले जानकारी दिए ।
माया घर नेपालमा आश्रय लिइरहेकाहरु २१ जना विद्यार्थीहरुलाई समिट लघुवित्तले विद्यालय पोशाक व्याग र स्टेशनरी सामाग्री उपलव्ध गरायो । त्यसै गरी आश्रितहरुका लागि ६० बोरा चामल ५ बोरा दाल पनि उपलव्ध गरायो । २०७४ साल फागुन महिना देखि सञ्चालनमा आएको माया घर नेपालले मानसिक रोगी सहित विभिन्न कारणले घर परिवार र आफन्तविहीन बनेकाहरुलाई संरक्षण गर्दै आएको छ । माया घरकी अध्यक्ष भागवत मञ्जरी राधिका दासीले सडक मानवहरुको संरक्षण गर्ने कार्यका सरकारको भएको भएपनि सहकरी स्तरबाट नगरिएको अवस्थामा आफुहरु सहयोगी मात्र भएको बताइन् । उनले सरकारको अभिभावकत्वको भुमिका हुनु पर्नेमा जोड दिइन् ।

नवनियुक्त मुख्यमन्त् ...

मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमा ...

इलाममा आजदेखि सूर्यो ...

इलाम। इलाममा आजदेखि दुई दिने ‘प्रथम सूर्योदय चिया ...

आयोगले थाल्यो स्थानी ...

काठमाडौँ। निर्वाचन आयोग स्थानीय तहको चुनावको तयारीमा जु ...

चालु आवको तीन महिना: ...

काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनाम ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]