माओवादी केन्द्र रामधुनी नगरपालिकामा अध्यक्षमा बलराम चौलागाईं

  • असार २०, २०७९ / नेपाल रेखा
alt

धिरेन्द्रकुमार चौधरी
रामधुनी । नेपाल कम्युनिष्ट पार्टी (माओबादी केन्द्र) नगर कार्य समिति रामधुनीको अध्यक्षमा बलराम चौलागाईं चयन भएका छन् ।
सोमबार बसेको माओबादी केन्द्र रामधुनी नगर कार्य समितिको दोस्रो पूर्ण बैठकले समितिलाई पूर्णता समेत दिदै चौलागाईंलाई अध्यक्षमा चयन गरिएको हो । नगर कार्य समितिको उपाध्यक्षमा श्यामकुमारी साह, राकेश चौधरी चयन भएका छन् । सचिवमा भने रमेश खत्री चयन भएका छन् । पार्टीको रामधुनी नगर समितिमा ६५ सदस्य समिति रहेको छ । बैठकमा सो पार्टीका केन्द्रिय सल्लाहाकार चन्द्रकुमार चौधरी, पार्टीकै प्रदेश नं. १ सल्लाहकार लिलु पौडेल, पार्टीकै रामधुनी नगर समितिका इन्चार्ज दिनेश चौधरी लगायतले नव निर्वाचित पदाधिकारीलाई अबिरबाट सम्मान गर्दै  शुभकामना दिएका थिए । कार्यक्रममा नव निर्वाचित अध्यक्ष चौलागाइले माओवादी केन्द्रलाई ठुलो पार्टी बनाउनका लागि संगठन बिस्तार गर्ने बताए ।

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

उद्धार उडानको प्रतीक ...

रसुवाकाे गोसाईकुण्डबाट फर्किएर अलपत्र अवस्थाम ...

बाढीका पीडितलाई डब्ल ...

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले रसुवाक ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]