८ सय ४५ जनाले लिए सुरक्षित गर्भपन सेवा

  • असार १६, २०७९ / नेपाल रेखा
alt

दीपक कार्की
इटहरी । सुरक्षित गर्भपतन लगायतका स्वास्थ्य सेवा प्रदान गर्दै आएको नेपाल परिवार नियोजन संघ सुनसरीले पाँच महिनाको अवधिमा २० हजार बढी मानिसहरुलाई सेवा दिएको छ ।
नेपाल परिवार नियोजन संघ सुनसरी अन्तरगतका परिवार स्वास्थ्य केन्द्र र क्लिनिकहरुका गत जनवरी देखि मे महिना सम्ममा २० हजार ८९ जनालाई विभिन्न किसिमको स्वास्थ्य सेवा प्रदान गरेको पत्रकार सम्मेलन गरि जानकारी गराइएको हो ।
पत्रकार सम्मेलनमा  नेपाल परिवार नियोजन संघ सुनसरी अन्तरगतको परिवार स्वास्थ्य केन्द्र प्रमुख कुमार गिरीले सुरक्षित गर्भपतन, परिवार नियोजन साधन, महिला रोग, एचआईभी, गर्भवती परिक्षण बच्चालाई खोप, यौन रोग, बाझोपन, पिशाव सम्वन्धी र हिंसा सम्वन्धी विषयमा परामर्श, साधन वितरण तथा उपचार सेवा प्रदान गरिएको जानकारी दिएका हुन् । उनले पाँच महिनाको अवधिमा १ सय ३३ जना नवजात शिशुहरुको स्वास्थ्य परिक्षण गरिएको, ८ सय ४५ जनालाई सुरक्षित गर्भपन सेवा प्रदान, ८१ जनालाई सुत्केरी सेवा प्रदान गरेको समेत बताए ।
चौविस घण्टे सुरक्षित सुत्केरी सेवा, चौविस घण्टे एम्बुलेन्स सेवा र प्रत्येक दिन भिडियो एक्सरे र ल्याव सम्वन्धी सेवा पनि परिवार स्वास्थ्य केन्द्रले दिदै आएको पत्रकार सम्मेलनमा जानकारी गराइयो । परिवार नियोजन संघ सुनसरी अन्तरगत चिकित्सकबाट सेवा प्रदान गर्ने धरान,  इटहरी केन्द्र र नर्सले सेवा दिने भरोल केन्द्रमा हप्तामा ६ सेवा प्रवाह हुने र अन्य गाउँनगरमा सञ्चालनमा रहेका ९ वटा क्लिनिकबाट हप्तामा एक दिने सेवा प्रदान गरिने नेपाल परिवार नियोजन संघकी प्रशिक्षक रानु राउतले जानकारी दिइन् ।
परिवार नियोजन संघ सुनसरीले महिलाहरुको पाठेघरको मुखको क्यान्सर परिक्षण सेवा समेत सञ्चालन गर्दै आएको छ । गाउँघर गएर महिलाहरुको पाठेघरको निशुल्क क्यान्सर परिक्षण सेवा परिवार नियोजन संघ परिवार स्वास्थ्य केन्द्रले दिदै आएको छ ।


 

उद्वार तथा राहतका ला ...

उद्वार तथा राहतका लागि रसुवाको धुञ्चेमा बुधबा ...

मनकारी विद्यार्थीहरू ...

डि पी ढुंगेल मोरङ । रङ्गेली नगरपालिका–१ स्थित श्र ...

शव व्यवस्थापन गरिँदै ...

भोटेकोशी बाढीपछि खोजी तथा उद्धारका क्रममा भेट ...

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]