पञ्चे बाजाका साथमा धान रोपाईं

  • असार १६, २०७९ / नेपाल रेखा
alt

दीपक कार्की
धनकुटा । लोप हुदै गएको पञ्चे बाजाका साथमा कृषि अनुसन्धान केन्द्र पाख्रिबासका प्रमुख डाक्टर गोविन्द प्रसाद तिमल्सिनाको अध्यक्षता एवं प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलको प्रमुख आतिथ्यतामा धान रोपेर कृषि अनुसन्धान केन्द्र पाख्रिबासले १९ औं राष्ट्रिय धान दिवस मनाएको छ ।
नेपाल सरकार नेपाल कृषि अनुसन्धान परिषद् कृषि अनुसन्धान केन्द्र पाख्रिबासले धान बालीमा जैविक विविधताको उपयोग, आयात प्रतिस्थापनामा सहयोग भन्ने मुल नाराका साथ केन्द्रको कार्यक्षेत्र स्थित साउथ क्षेत्रमा प्रमुख अतिथि, अतिथि लगायतले धान रोपेर १९ औं राष्ट्रिय धान दिवस मनाइएको हो ।
खेतमा काम गरी दहीच्युरा खाएर धान रोप्ने दिनका रुपमा रहेको यस दिवसको अवसरमा धान रोप्नु हुदै खेतैमा हातमा धानको विउ लिएर पानीमा रुज्दै प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले मानवको जन्म देखि जिवन पर्यन्तसम्ममा चितामा जलाउन पनि धान आवश्यक रहेकाले मौलिक र सांस्कृतिक परम्पराका साथमा पुरानो पुस्ताको जस्तै गरेर गोरु र हलोको सहायताले जोध्दै, बाउसे गर्दै, आलि लगाउदै सिमसिम पानीमा धान रोप्दै आमाका साथमा धान रोपेको याद दिलाएको बताउदै लोप हुन लागेको आफ्नो संस्कृतिलाई उजागर गर्न पाएकोमा खुसि व्यक्त गरे ।
वि.सं २०६१ मङ्सिर २९ गते मन्त्रिस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको कृषि अनुसन्धान केन्द्र पाख्रिबासका केन्द्र प्रमुख डाक्टर तिमल्सिनाले बताए ।
धान दिवशका दिन वास्तविक किसान भन्दा पनि टिकटक बनाउने, फेसबुकमा फोटो राख्नका लागि मात्र खेतमा पुग्नेको संख्या बढ्दै गएको अवस्थामा साच्चिकै यसरी नै धान रोपेर दिवस मनाउन पाउँदा रोपारहरु एक पछि अर्को हिलो छ्याप्दै ज्यादै खुसि बनेको दृष्य हेर्न लायकको नमुना र उदाहरणीय रहेको स्थानीयहरुको भनाइछ ।
धान रोपाईमा प्रमुख जिल्ला अधिकारी, जिल्ला स्थित सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि, प्रहरी जवान, सरकारी कार्यालयका प्रमुखलगायतको उपस्थिति रहेको थियो ।

pakhribas ropae

उद्वार तथा राहतका ला ...

उद्वार तथा राहतका लागि रसुवाको धुञ्चेमा बुधबा ...

मनकारी विद्यार्थीहरू ...

डि पी ढुंगेल मोरङ । रङ्गेली नगरपालिका–१ स्थित श्र ...

शव व्यवस्थापन गरिँदै ...

भोटेकोशी बाढीपछि खोजी तथा उद्धारका क्रममा भेट ...

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]