गरिबसंग विशेश्वर कार्यक्रम अन्तर्गत महिलाहरुलाई तालिम

  • असार १५, २०७९ / नेपाल रेखा
alt

कुमोद अधिकारी
विराटनगर । गरिवसंग विशेश्वशर कार्यक्रम अन्तर्गत विराटनगरका आवद्ध  समुहका सदस्यहरुलाई सिपमुलक तालिम प्रदान गरिएको छ । गरिवसंग विशेश्वशर कार्यक्रम अन्तर्गत विराटनगर महानगरपालिकाका ८ र १४ नम्वर वडाका २८ जना महिलाहरुलाई अचार, पापड तथा जाम वनाउने तालिम प्रदान गरिएको हो ।
सात दिनसम्म भएको तालिममा सहभागीहरुलाई नेपाल घरेलु तथा साना उद्योग महासंघकी महासचिव एवम् महिला उद्यमी मालती नेपाल आचार्य र यशोधा मिश्रले तालिम दिएको संस्थाकी  सामाजिक परिचालिका युवा भण्डारी आचार्यले वताइन् ।
तालिमा सहभागीहरुलाई आठ नम्वर वडाका वडा अध्यक्ष राम पोखरेल तथा विराटनगर महानगरपालिकाका सामाजिक विकास महाशाखा प्रमुख पुनम दाहालले प्रमाण पत्र प्रदान गरे ।
सो अवसरमा वोल्दै उनीहरुले आफुले सिकेको सिपलाई सहि रुपमा प्रयोग गर्न आग्रह गर्दै त्यसका लागि महानगरपालिका आर्थिक सहयोग गर्न तयार रहेको वताए । सहभागीहरुलाई आचार तथा तालिममा वनाइएका समाग्री समेत वितरण गरिएको थियो ।
त्यसै गरि उक्त सस्थाले महिलाहरुलाई सिलाई कटाई तथा कृषकहरुलाई  कृषि सम्वन्धि तालिम प्रदान गर्दै कृषि उपकरण समेत प्रदान गरिसकेको युवा भण्डारीले वताइन् ।

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

उद्धार उडानको प्रतीक ...

रसुवाकाे गोसाईकुण्डबाट फर्किएर अलपत्र अवस्थाम ...

बाढीका पीडितलाई डब्ल ...

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले रसुवाक ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]