गरिबसंग विशेश्वर कार्यक्रम अन्तर्गत महिलाहरुलाई तालिम

  • असार १५, २०७९ / नेपाल रेखा
alt

कुमोद अधिकारी
विराटनगर । गरिवसंग विशेश्वशर कार्यक्रम अन्तर्गत विराटनगरका आवद्ध  समुहका सदस्यहरुलाई सिपमुलक तालिम प्रदान गरिएको छ । गरिवसंग विशेश्वशर कार्यक्रम अन्तर्गत विराटनगर महानगरपालिकाका ८ र १४ नम्वर वडाका २८ जना महिलाहरुलाई अचार, पापड तथा जाम वनाउने तालिम प्रदान गरिएको हो ।
सात दिनसम्म भएको तालिममा सहभागीहरुलाई नेपाल घरेलु तथा साना उद्योग महासंघकी महासचिव एवम् महिला उद्यमी मालती नेपाल आचार्य र यशोधा मिश्रले तालिम दिएको संस्थाकी  सामाजिक परिचालिका युवा भण्डारी आचार्यले वताइन् ।
तालिमा सहभागीहरुलाई आठ नम्वर वडाका वडा अध्यक्ष राम पोखरेल तथा विराटनगर महानगरपालिकाका सामाजिक विकास महाशाखा प्रमुख पुनम दाहालले प्रमाण पत्र प्रदान गरे ।
सो अवसरमा वोल्दै उनीहरुले आफुले सिकेको सिपलाई सहि रुपमा प्रयोग गर्न आग्रह गर्दै त्यसका लागि महानगरपालिका आर्थिक सहयोग गर्न तयार रहेको वताए । सहभागीहरुलाई आचार तथा तालिममा वनाइएका समाग्री समेत वितरण गरिएको थियो ।
त्यसै गरि उक्त सस्थाले महिलाहरुलाई सिलाई कटाई तथा कृषकहरुलाई  कृषि सम्वन्धि तालिम प्रदान गर्दै कृषि उपकरण समेत प्रदान गरिसकेको युवा भण्डारीले वताइन् ।

विराटनगर महानगर क्षे ...

विराटनगर । विराटनगर महानगरपालिका क्षेत्रभित्र १ सय ९१ ज ...

राउण्ट टेवल नेपालद्व ...

विराटनगर । राउण्ट टेवल नेपालले गरिब तथा विपन्न र जेहेन् ...

सुनको मूल्य प्रतितोल ...

काठमाडौं । स्थानीय बजारमा सुन र चाँदीको मूल्य बढेको छ । ...

संगित चोकका व्यवसायी ...

इटहरी । इटहरी बजार क्षेत्रलाई आगलागीबाट सुरक्षित राख्न ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]