स्वास्थ्य, शिक्षा, कृषि र पूर्वाधारमा केन्द्रित

  • असार २, २०७९ / नेपाल रेखा
alt

कुमोद अधिकारी
विराटनगर । प्रदेश १ सरकारले प्रदेश सभाको बैठकमा आगामी आर्थिक वर्ष २०७९–०८० को अनुमानित बजेट प्रस्तुत गरेको छ । प्रदेश १ सरकारका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले आगामी आर्थिक वर्षका लागि ३९ अर्ब ७३ करोड ८३ लाख रुपैया बराबरको वजेट प्रस्तुत गरेका हुन् ।
बजेटले शिक्षा, स्वास्थ्य, खानेपानी कृषि, पूर्वाधार तथा पर्यटन विकासलाई जोड दिएको छ । गरिबी न्यूनिकरण, युवा स्वरोजगार, कार्यक्रम साथै एक वडा एक वर्थिङ सेन्टर, एक पालिका एक उत्पादन, कृषि कर्जाको व्याजमा अनुदान, औद्योगिक प्रदर्शनी स्थलको स्थापना, किसानका लागि आय स्तर वृद्धि कार्यक्रम, वोडिङ पम्पसेट, मटर तथा सौर्य सिचाइको माध्यमबाट  एक वर्षमा ९ हजार ५ सय हेक्टर जग्गामा सिचाई सुविधा पु¥याउनेजस्ता कार्यक्रमलाई बजेटले सम्वोधन गरेको छ ।
त्यसैगरि बजेट आगामी दुई वर्ष भित्र प्रदेशका सबै नागरिकको घरमा विद्युत पु¥याउने, १ सयभन्दा बढि झुलुंगे पुल निर्माण, श्रमिकको हक हित तथा निजी क्षेत्रका लगानी बढाउने खालका कार्यक्रमलाई समेत बजेटले समेटेको छ ।
चालु आर्थिक वर्ष भन्दा आगामी आर्थिक वर्षकालागि साढे पांच अर्ब वढि वजेट प्रस्तुत गरेको प्रदेश सरकार आगामी बजेटमा वन पैदावारको विकास, खेलकुद् पूर्वाधार, प्रदेश प्रज्ञा प्रतिष्ठानका स्थापना, पर्यटन प्रवद्र्धनका लागि पर्यटन महाविद्यालय स्थापना, निःशुल्क एम्वुलेन्स सेवा, मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम तथा सूचना तथा संचार क्षेत्रको विकासलाई जोड दिएको छ ।

कोशी प्रदेश सरकारले ...

विराटनगर । २०८३ सालको संबिधान दिवस भब्यताका साथ मनाउन क ...

मुस्कुराइरहेको प्रकृ ...

–विजय खतिवडा प्राकृतिक सौन्दर्य, जैविक विविधता र ...

सिदादान गर्न लामबद्ध ...

कुशे औँशीका अवसरमा शुक्रबार भक्तपुर नगरपालिका ...

भोटेकोशी बाढीमा बेपत ...

इटहरी । भदौ १० गते आएको भोटेकोशी बाढीमा बेपत्ता भएका बर ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]