औषधिजन्य पेशा तथा व्यावसायीहरु महासंघमा संगठित हुदै

  • जेठ ३०, २०७९ / नेपाल रेखा
alt

काठमाडौं । व्यावसायिक हकहित र उपभोक्ता अधिकारलाई प्रवद्र्धन गर्न औषधि तथा औषधिजन्य पेशा, व्यावसायीका संस्थाहरु महासंघको अवधारणमा संगठित हुने भएका छन् ।
संघिय राजधानीमा भएको पेशा, व्यावसायी संस्थाहरुको प्रतिनिधिमुलक भेलाले महासंघको अवधारणामा संगठन बनाउनु पर्ने निष्कर्ष निकालेको हो ।
अवधारणालाई मुर्तरुप दिन आइतबार भएको भेलाले नेपाल औषधि व्यावसायी संघका अध्यक्ष मृगेन्द्रमेहर श्रेष्ठको संयोजकत्वमा १३ सदस्यीय तयारी समिति पनि गठन गरेको छ ।
तयारी समितिको सदस्यहरुमा जंगराज गिरी, किरण शर्मा, सुरेश घिमिरे, भक्तबहादुर हमाल, अञ्जन पुडासैनी र पवन आचार्य रहेका छन् । यस्तै सुरेन्द्र मानन्धर, मुकुन्दराज राजभण्डारी, पूर्णचन्द्र सापकोटा, रितेश रिमाल, प्रशान्त मानन्धर र खगेन्द्र कटुवाल पनि सदस्यमा रहेका छन् ।
औषधि व्यावसायी, औषधि आयातकर्ता, न्युट्रासिटिकल्स उत्पादक, आयुर्वेद औषधि व्यावसायी, सर्जिकल सप्लायर्स लगायत जति मानव स्वास्थ्यसंग जोडिएका वस्तुहरुको पेशा तथा व्यावसाय गर्ने संस्थाहरु छन्, ती संस्थाहरुलाई समेत एक जुट गराउने गरी महासंघको रुपमा अर्को छाता संस्था बनाउने योजना रहेको भेलामा सहभागि आयुर्वेद व्यवसायी जंगराज गिरीले बताए । भेलाको मुख्य उद्देश्य पेशा साथै व्यावसायिक हकहित र उपभोक्ता अधिकारलाई ध्यान दिनु रहेको बताइएको छ । भेलामा विभिन्न कारणले छुटेका प्रतिनिधिमुलुक संस्थाहरुलाई तयारीका क्रमममा समेट्दै अघि बढ्ने गिरीले जानकारी दिए । डेढ महिनाको अवधीमा नयाँ संस्थाको नाम, विधान मस्यौदा तयार गर्ने, दर्ता प्रक्रियामा जाने काम सक्ने योजना रहेको गिरीको भनाइ छ ।

उद्वार तथा राहतका ला ...

उद्वार तथा राहतका लागि रसुवाको धुञ्चेमा बुधबा ...

मनकारी विद्यार्थीहरू ...

डि पी ढुंगेल मोरङ । रङ्गेली नगरपालिका–१ स्थित श्र ...

शव व्यवस्थापन गरिँदै ...

भोटेकोशी बाढीपछि खोजी तथा उद्धारका क्रममा भेट ...

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]