प्राविधिक शिक्षा आजको आवश्यकता : पूर्व राष्ट्रपति यादव

  • जेठ २९, २०७९ / नेपाल रेखा
alt

कुमोद अधिकारी
विराटनगर । पूर्व राष्ट्रपति रामवरण यादवले प्राविधिक शिक्षा आजको आवश्यकता रहेको बताएका छन् ।
मोरङको जहदा गाउँपालिका–४ मा रहेको शैलैजा आचार्य स्मृति पोलिटेक्निकको अनुगमन निरीक्षण पछि आयोजित कार्यक्रमा प्राविधिक शिक्षाले व्यवसायिक जनशक्ति उत्पादन गर्ने भएकोले शिक्षामा सवैको पहुँच आवश्यक रहेको बताए ।
शिक्षामा सबैको पहुँच पु¥याउन ग्रामिण क्षेत्रका गरिब तथा विपन्न समुदायलाई लक्षित गरेर सरकारले योजना बनाउनु पर्ने उनले बताए ।
शैलैजा आचार्यको नाममा स्थापना भएको प्राविधिक शिक्षालयको विकासमा संघ, प्रदेश, स्थानीय गरि तीनैतहको सरकारको ध्यान दिनुपर्नेमा उनले जोड दिए ।
उनले समुदाय शिक्षित भएमा मात्र समाज परिवर्तन हुने भएकाले सबैलाई न्यून शुल्कमा शिक्षाको व्यवस्था मिलाउनुपर्ने बताए । उनले प्राविधिक शिक्षा हासिल गरेपछि आफूले सिकेको ज्ञान र सिपलाई राष्ट्रको हितमा उचित प्रयोग गर्नुपर्ने बताए । उनले जातीय समाजभन्दा माथि उठेर मुलुक र समाजको विकासमा सबै लाग्नुपर्ने बताए ।
सिटिभिटी तथा कृष्णप्रसाद कोइराला सेवा गुठीको साझेदारीमा सो पोलिटेक्निक संचालनमा आएको हो । ३ विघा क्षेत्रफलमा फैलिएको सो विद्यालयमा अहिले ५ सयभन्दा वढि विद्यार्थी अध्यनरत रहेको सो विद्यालयका प्रमुख सन्तबहादुर अधिकारीले बताए ।

उद्वार तथा राहतका ला ...

उद्वार तथा राहतका लागि रसुवाको धुञ्चेमा बुधबा ...

मनकारी विद्यार्थीहरू ...

डि पी ढुंगेल मोरङ । रङ्गेली नगरपालिका–१ स्थित श्र ...

शव व्यवस्थापन गरिँदै ...

भोटेकोशी बाढीपछि खोजी तथा उद्धारका क्रममा भेट ...

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]