कर्मचारीको कार्यशैलीको कार्यपालिका सदस्यहरुले गरे आलोचना

  • जेठ २७, २०७९ / नेपाल रेखा
alt

इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिकाको पहिलो कार्यपालिका बैठक शुक्रबार बसेको छ ।
उपमहानगरपालिका कार्यालयको सभाहलमा स्थानीय तह दोस्रो निर्वाचनको पहिलो कार्यपालिका बैठक बसेको हो ।
नगरप्रमुख हेमकर्ण पौडेलको अध्यक्षतामा बसेको बैठकले केही महत्वपूर्ण निर्णयहरू पनि गरेको छ ।
बैठकमा कार्यालयमा फर्निचर हुँदाहुँदै नयाँ जनप्रतिनिधिहरुका नाममा फर्निचर सामाग्री खरिद गरी अनियमितता गरेको भन्दै कार्यपालिका सदस्यहरुले ती सामाग्री कसरी खरिद गरियो भन्दै प्रष्ट हुन चाहेका थिए ।
नवनिर्वाचित जनप्रतिनिधिले काम थाल्दै गर्दा कर्मचारी भने सामान खरिदमा हतारिनुलाई अनियमितता हुनसक्ने भन्दै कार्यपालिका सदस्यहरु प्रष्ट हुन चाहेका हुन् ।
कार्यपालिका सदस्यले प्रष्ट हुन चाहेको विषयलाई इटहरी उपमहानगर कार्यालयका प्रमुख प्रशासकीय अधिकृत रामचरित्र मेहताले वडा सचिवहरुसँग छलफल गरेर केही वडाहरुमा नयाँ जनप्रतिनिधि बस्नको लागि केही थान कुर्सी र सोफा सेटहरु खरिद गरेको बताएका थिए । मेहताले वडा कार्यालयहरुलाई व्यवस्थित गर्न फर्निचर खरिद गरिएको प्रष्ट्याएका छन् ।
कार्यपालिका बैठकमा सदस्यहरुले बैठकको मर्यादालाई कायम राख्न सकेनन् । उनीहरु कोही मोवाइल खेलाइरहेका थिए भने कोही आफ्नो ठाउँबाट अर्को ठाउँमा घुमफिर गरिरहेका थिए ।

उद्वार तथा राहतका ला ...

उद्वार तथा राहतका लागि रसुवाको धुञ्चेमा बुधबा ...

मनकारी विद्यार्थीहरू ...

डि पी ढुंगेल मोरङ । रङ्गेली नगरपालिका–१ स्थित श्र ...

शव व्यवस्थापन गरिँदै ...

भोटेकोशी बाढीपछि खोजी तथा उद्धारका क्रममा भेट ...

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]