एमालेसँग वाम गठबन्धन सम्भव छैनः अध्यक्ष ओली

  • जेठ २७, २०७९ / नेपाल रेखा
alt

कुमोद अधिकारी
विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनको परिणामप्रति पार्टी सन्तुष्ट रहेको बताएका छन् ।
विराटनगर विमानस्थलमा शुक्रबार बिहान संचारकर्मीसंग कुरा गर्दै उनले पार्टी एक्लै चुनाव लड्दापनि मतको संख्यामा आफ्नो ठुलो भएको दावी गरे ।
नेकपा एमालले स्थानीय तहको निर्वाचनमा पपुलर मत पाएकाले मंसिरमा हुने प्रदेश र संघिय निर्वाचनमा एमाले सवैभन्दा ठुलो पार्टी बन्ने उनको दावी थियो ।
लोकतन्त्रको रक्षाका लागि संविधानको पूर्ण पालना आवश्यक रहेको उनले बताए । सत्ता स्वार्थका लागि अहिले संविधान विपरीत काम भइरहेकाले आफैले बनाएको संविधानको दलहरुले  पालना गर्नुपर्ने  उनले बताए ।  
संविधानको रक्षाका लागि मुलुकलाई सहि बाटोमा ल्याउन संसद विघटन गरेर निर्वाचनको घोषणा गरेकाले त्यसलाई संविधान विपरीत कार्य भनेर कसरी भन्न मिल्छ उनले प्रतिप्रश्न गरे ।  
उनले नेकपा एमालेसंग वाम गठवन्धन भन्ने कुरा अहिले संभव नभएको भन्दै पार्टी छाडेर गएका कार्यकर्तालाई भने पार्टीमा फर्कनका लागि जहिले पनि ढोका खुल्ला रहेको बताए ।

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

उद्धार उडानको प्रतीक ...

रसुवाकाे गोसाईकुण्डबाट फर्किएर अलपत्र अवस्थाम ...

बाढीका पीडितलाई डब्ल ...

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले रसुवाक ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]