किसानलाई सोझै अनुदान दिइने कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य तथा सडक पूर्वाधार विकासजस्ता कार्यक्रमलाई महत्व

  • जेठ २५, २०७९ / नेपाल रेखा
alt

कुमोद अधिकारी
विराटनगर । प्रदेस १ सरकाले वुधबार वसेको प्रदेशसभाको वैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । प्रदेश १ का प्रदेश प्रमुख पर्शुराम खापुङले सरकारको तर्फबाट बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।
नीति तथा कार्यक्रममा कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य तथा सडक पूर्वाधार विकासजस्ता कार्यक्रमलाई महत्व दिइएको छ । नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख खापुङले सिमित साधनश्रोतका वावजुद प्रदेश सरकारले उल्लेखनीय काम गरेको भन्दै कोभिड नियन्त्रण, रोकथाम व्यवस्थापनमा प्रदेश सरकारले गरेको कामको प्रशंसा गरे ।
उनले कृषि उत्पादन बढाएर आयात प्रतिस्थापन गर्ने, उन्नत जातको गुणस्तर विउ तथा मलखाद सहज रुपले किसानलाई उपलव्ध गराउने, उत्पादनको आधारमा किसानलाई सोझै अनुदान दिनेजस्ता कार्यक्रम नीति तथा कार्यक्रमा समेटिएको उनले  उल्लेख गरे ।
त्यसैगरि एक पालिका एक उत्पादन कार्यक्रमलाई समेत नीति तथा  कार्यक्रमा समेटिएको छ । त्यस्तै निजी क्षेत्रकालागि उद्योगमैत्री वातावरण, वृहत लगानी सम्मेलन, एक घर एक उद्यमी तथा प्रादेशिक श्रमिक नीतिको अवधारणालाई कार्यक्रममा उल्लेख गरिएको छ ।
त्यस्तै नीति तथा कार्यक्रममा वृहत विराटक्षेत्रको अवधारणा तथा विराटनगरमा चक्रपथको निर्माण, विराटनगर, इटहरी तथा धरानजस्ता ठुला सहरलाई आधुनिक सहर वनाउने, एकिकृत वस्ती व्यवस्थापन, विराटनगर स्थित सिघिया तथा केशलिया खोलामा कोरिडोर निर्माण गुणस्तरीय खानेपानीका लागि एकघर एक धारा, आगामी दुई वर्ष भित्र प्रदेश १ का सवै घरमा विद्युत सेवा उपलव्ध गराउनेजस्ता विषयलाई नीति तथा कार्यक्रममा उल्लेख गरिएको प्रदेश प्रमुख खापुङले बताए । त्यसैगरि युवा स्वरोजगार कार्यक्रम, संचार क्षेत्रको विकास, सडक सुशासनजस्ता विषयलाई समेत कार्यक्रमले समेटेको छ ।

उखु खेती ...

सुनसरीको गढी गाउँपालिका-३, छिटाहामा किसानले लगाएको उखु ...

झुपडीबाट पक्की घरमा ...

सिरहा । सिरहाको लहान नगरपालिका–२२ जहदी गमहरियास्थ ...

बनिनसक्दै भासिएको ग् ...

मध्यपहाडी लोकमार्ग अन्तर्गत दिक्तेल–चखे ...

वीरगन्ज नाकाबाट १० म ...

वीरगन्ज । वीरगन्ज नाका हुँदै चालु आर्थिक वर्षको १० महिन ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]