विराटनगर महानगरद्वारा आयुर्वेद स्वास्थ्य केन्द्र सञ्चालन

  • जेठ २५, २०७९ / नेपाल रेखा
alt

कुमोद अधिकारी
विराटनगर । मोरङको विराटनगर महानगरपालिकाले आफ्नै छुट्टै आयुर्वेद स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा ल्याएको छ ।
महानगरपालिकाको स्वामित्वमा रहेको आधारभूत आयुर्वेद स्वास्थ्य सेवा केन्द्रको महानगर उपमेयर शिल्पा निराला कार्कीले उद्घाटन गरेसँगै स्वास्थ्य सेवा केन्द्र औपचारिक रुपमा सञ्चालनमा आएको हो ।
विराटनगर वडा नम्बर–११ को जनपथ टोलमा सञ्चालनमा ल्याइएको सेवा केन्द्रबाट आयुर्वेदसम्बन्धी सम्पूर्ण उपचार हुनेछ । औषधिसहित सबै सम्पूर्ण उपचार सेवा निःशुल्क उपलब्ध गराइने महानगरले जनाएको छ । महानगरवासीको स्वास्थ्यलाई ध्यानमा राखेर अहिले एउटा आयुर्वेद स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा ल्याइएपनि आगामी दिनमा सबै वडामा सेवा विस्तार गर्ने  उपमेयर कार्कीले बताइन् ।
उपमेयर कार्कीले सम्पूर्ण महानगरलाई समेट्नेगरी विराटनगर–११ मा आयुर्वेद स्वास्थ्य केन्द्र स्थापना गर्न पाएकोमा खुसी व्यक्त गरिन् । कार्कीले भनिन्,–‘सबै महानगरवासीको सेवाका लागि अहिलेलाई विराटनगर–११ मा आयुर्वेद स्वास्थ्य सेवा केन्द्र स्थापना गरिए पनि आगामी दिनमा अन्य वडामा पनि विस्तार गर्ने योजना छ ।’ ‘आयुर्वेदका विषयमा आमनागरिकलाई जानकारी हुनुपर्ने उनको भनाइछ ।  
कार्यक्रममा महानगरका प्रशासकीय अधिकृत उमेश बस्नेतले सेवा केन्द्रबाट महानगरवासीले बढीभन्दा बढी लाभ प्राप्त गर्ने बताए । उनले आगामी दिनमा महानगरका १९ वटै वडामा आयुर्वेद सेवा स्थापना गर्ने प्रतिबद्धता व्यक्त गरे ।
उद्घाटन कार्यक्रममा सहभागिहरुले आधुनिक चिकित्साका साथै आयुर्वेद चिकित्सालाई पनि सँगै लानुपर्नेमा अन्य वक्ताहरूले जोड दिएका छन् । वडाध्यक्ष तीथेन्द्र न्यौपानेले आयुर्वेद केन्द्रको प्रचारप्रसारमा ध्यान दिनुपर्नेमा जोड दिए । उनले सञ्चालनमा ल्याइएको आयुर्वेद केन्द्र सफल भए अन्य वडामा पनि विस्तार गर्न सकिने बताए ।  
हालको जनशक्ति र भौतिक संरचनाका आधारमा दैनिक २५ जनालाई सेवा दिन सकिने महानगरको स्वास्थ्य महाशाखाका प्रमुख रमेश कार्कीले जानकारी दिए ।
बिरामी जाँच, औषधि वितरणसँगै हाडजोर्नी दुखाइलगायतका समस्याको उपचारसमेत हुनेछ । त्यस्तै पञ्चकर्म र पूर्वकर्मको समेत सुविधा आयुर्वेद स्वास्थ्य केन्द्रमा उपलब्ध हुने उनले बताए । उद्घाटनका अवसरमा उपमेयर कार्की, प्रमुख प्रशासकीय अधिकृत बस्नेत, वडाध्यक्ष न्यौपानेले सेवा लिएका थिए । कार्यक्रममा स्वास्थ्य महाशाखाका सहसंयोजक राजेन्द्र कुइँकेल, जिल्ला आयुर्वेद केन्द्रका चिकित्सिक डा. निशान्त ढकाललगायतले आयुर्वेद चिकित्साका विषयमा चर्चा गरेका थिए ।

उद्वार तथा राहतका ला ...

उद्वार तथा राहतका लागि रसुवाको धुञ्चेमा बुधबा ...

मनकारी विद्यार्थीहरू ...

डि पी ढुंगेल मोरङ । रङ्गेली नगरपालिका–१ स्थित श्र ...

शव व्यवस्थापन गरिँदै ...

भोटेकोशी बाढीपछि खोजी तथा उद्धारका क्रममा भेट ...

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]