प्रेस सेन्टर सुनसरीद्वारा जनप्रतिनिधि र पत्रिका बितरकलाई सम्मान

  • जेठ १३, २०७९ / नेपाल रेखा
alt

धरान । प्रेस सेन्टर नेपाल सुनसरीले जनपक्षीय पत्रकार सहिद कृष्णसेन इच्छुकको २० स्मृति दिवसको अबसरमा हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रबाट बिजयी जनप्रतिनिधि र पत्रिका बितरकलाई शुक्रबार सम्मान गरेको छ ।
धरान स्थित पार्टी कार्यालय पेरिस खोल्सिमा आयोजित कार्यक्रममा माओवादी केन्द्रका तर्फबाट धरान उपमहानगरपालिकाका नव निर्वाचित उपमेयर अइन्द्र बिक्रम बेघा, वडा नम्बर १७ का वडा अध्यक्ष सूर्य बहादुर (मनोज) भट्टराई सहितको प्यानल र धरान–३ बाट वडा सदस्यमा मिङ्ग्मा भोटे र उषा सुब्बालाई सम्मान गरिएको छ । त्यस्तै धरानमा रहेर बिगत ३३ बर्षदेखि निरन्तर रुपमा स्थानीय तथा राष्ट्रिय पत्र पत्रिकाहरु पाठकको घर घरमा पुर्याएर सुसुचित गराएको भन्दै पत्रिका बितरक कृष्णभक्त श्रेष्ठलाई नगद ५ हजार सहित सम्मान पत्र प्रदान गरिएको छ । सम्मानित ब्यक्तित्वहरुलाई कार्यक्रमका प्रमुख अतिथि माओवादी केन्द्रका केन्द्रीय सदस्य किरण राई, प्रेस काउन्सिका पूर्व अध्यक्ष एवम् बरिष्ठ पत्रकार भवानी बराल, संचारविज्ञ राजेन्द्र किराती, प्रेस सेन्टरका केन्द्रीय सदस्य राजन केडि, सेन्टरका जिल्ला अध्यक्ष तिर्थ कार्की लगायतले खदा र अबिर लगाएर सम्मान गरे । प्रमुख अतिथि राईले कृष्णसेन इच्छुकले ब्यक्तिगत स्वार्थलाई परास्त गर्दै देशको स्वार्थका लागि जीवनको आहुति दिनु भएकाले इच्छुकले देखाएको बाटोमा हिड्नु पर्ने धारणा राखे । कार्यक्रममा बोल्दै उपमेयर बेघाले धराने जनताले विश्वास गरेर दिएको मतलाई जनताकै बिकासमा सदुपयोग गर्ने बताए । प्रेस सेन्टरका केन्द्रीय सदस्य अर्जुन शर्माले स्वागत मन्तब्य राखेको कार्यक्रममा प्रदेश नम्बर १ प्रदेससभा सदस्य उमिता बराइली, माओवादी केन्द्रका नगर इन्चार्ज फोक्वाहाङ सुब्बा (चोत्लुङ), नगर उपाध्यक्षद्वय सर्बजित राई र सम्फर तामाङ, नगर सदस्य एबम महिला सन्जाल धरानका अध्यक्ष चेतना श्रेङ, नगर सहसचिव खेम रनपहेली, पार्टीका ९ नम्बर वडाका अध्यक्ष रबिन श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सन्चालन सेन्टरका नगर अध्यक्ष बिनोद बिश्वकर्माले गरेका थिए भने सभापतित्व सेन्टरका सुनसरी जिल्ला अध्यक्ष तिर्थ कार्कीले गरेका थिए ।

1 2 2 5 6 4 3

उखु खेती ...

सुनसरीको गढी गाउँपालिका-३, छिटाहामा किसानले लगाएको उखु ...

झुपडीबाट पक्की घरमा ...

सिरहा । सिरहाको लहान नगरपालिका–२२ जहदी गमहरियास्थ ...

बनिनसक्दै भासिएको ग् ...

मध्यपहाडी लोकमार्ग अन्तर्गत दिक्तेल–चखे ...

वीरगन्ज नाकाबाट १० म ...

वीरगन्ज । वीरगन्ज नाका हुँदै चालु आर्थिक वर्षको १० महिन ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]