इटहरी उपमहानगरको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

  • जेठ ८, २०७९ / नेपाल रेखा
alt

इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसका उम्मेदवार हेमकर्ण पौडेलले ३३ हजार ४९ मत ल्याई विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का यामकुमार चुङवाङ सुब्बाले २८ हजार ३१ मत प्राप्त गरेका छ । पौडेल इटहरी काँग्रेसका सभापति हुन् भने सुब्बा एमाले इटहरीका अध्यक्ष हुन् ।
यसैगरी उपमेयर पदमा एमालेका उम्मेदवार सङ्गीताकुमारी चौधरी ३२ हजार ४३६ मतसहित विजयी भएकी छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार केशवकुमार विष्टले १८ हजार ३१ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । विष्ट नेकपा एसका केन्द्रीय सदस्य एवम् राष्ट्रिय खेलकुद परिषदका पूर्व सदस्य सचिव हुन् भने संगिताकुमारी चौधरी राजनीतिमा नयाँ हुन् ।
इटहरी उपमहानगरका २० वडामध्ये १४ वटा वडामा एमाले विजयी भएको छ । ५ वटा वडामा कांग्रेस विजयी भएको । १४ नम्बर वडामा एमालेको बाघी उम्मेदवार विजयी भएका छन् ।

एमालेले वडा नम्बर २, ३, ४, ५, ७, ९, ११, १२, १५, १६, १७, १८ र १९ जित निकालेको छ । नेपाली काङ्ग्रेसले वडा नम्बर १, ६, ८, १३ र २० मा जितेको छ । नेकपा एसले वडा नम्बर १४ मा वडा अध्यक्ष पाएको थियो । वडा नम्बर १० र १८ मा वडा अध्यक्ष माओवादीले पाएको थियो । यी वडामा जित एस र माओवादीले जित निकाल्न सकेनन् ।

ShangitaKumari Chaudhary

 

नवनियुक्त मुख्यमन्त् ...

मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमा ...

इलाममा आजदेखि सूर्यो ...

इलाम। इलाममा आजदेखि दुई दिने ‘प्रथम सूर्योदय चिया ...

आयोगले थाल्यो स्थानी ...

काठमाडौँ। निर्वाचन आयोग स्थानीय तहको चुनावको तयारीमा जु ...

चालु आवको तीन महिना: ...

काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनाम ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]