विराटनगर महानगरको प्रमुखमा नागेश कोइराला र उपप्रमुखमा शिल्पा कार्की निर्वाचित

  • जेठ ७, २०७९ / नेपाल रेखा
alt

Shilpa Karki

कुमोद अधिकारी
विराटनगर । मोरङ विराटनगर महानगरपालिकाको मतगणनाको अन्तिम परिणाम सार्वजनिक भएको छ । शनिबार सार्वजनिक भएको अन्तिम परिणामअनुसार विराटनगर महानगरपालिकाको प्रमुख पदमा नेपाली कांग्रेसका नागेश कोइरालाले ३० हजार १ सय ७० मत प्राप्त गर्दै निर्वाचित भएको छन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका सागरकुमार थापाले २१ हजार ४ सय ५५ मत ल्याएका छन् ।
महानगरपालिकाको उपमेयर पदमा नेकपा एमालेकी शिल्पा कार्की २५ हजार ६ सय ८० मत प्राप्त गर्दै निर्वाचित भएकी छन् । उनको निकटतम् प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी नेपालका अमरेन्द्र यादवले १४ हजार २ सय १९ मत प्राप्त गरेका छन् ।
महानगर प्रमुख पदको मतको अन्तर ८ हजार ७ सय १५ छ भने उपप्रमुख पदमा मतको मतान्तर ११ हजार ४ सय ६१ रहेको छ ।

कोशी प्रदेश सरकारले ...

विराटनगर । २०८३ सालको संबिधान दिवस भब्यताका साथ मनाउन क ...

मुस्कुराइरहेको प्रकृ ...

–विजय खतिवडा प्राकृतिक सौन्दर्य, जैविक विविधता र ...

सिदादान गर्न लामबद्ध ...

कुशे औँशीका अवसरमा शुक्रबार भक्तपुर नगरपालिका ...

भोटेकोशी बाढीमा बेपत ...

इटहरी । भदौ १० गते आएको भोटेकोशी बाढीमा बेपत्ता भएका बर ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]