निर्वाचनको दिन इटहरीमा जे देखियो

  • बैशाख ३०, २०७९ / नेपाल रेखा
alt

इटहरी । बैसाख ३० गते शुक्रबार भएको स्थानीय तह निर्वाचनमा कर्मचारीहरु, सुरक्षाकर्मीहरु बिहान ७ बजे देखि नै मतदान केन्द्रमा खटिएका थिए । इटहरी उपमहानगरपालिका भित्रका बिभिन्न मतदान केन्द्रहरुमा कतै ७ बजे नै मतदान कार्य शुरु भयो भने कही एकआध घण्टा ढिलाई भए पनि मतदान कार्य शान्तिपूर्ण ढंगले संचालन गरियो । मतदान केन्द्रमा जेष्ठ नागरिक, अशक्त, अपाङ्गता आदिलाई लाइनमा बसिरहनु नपर्ने गरि व्यवस्था मिलाइएकाले खासै समस्या देखिएन ।
निर्वाचनको समाचार संकलन गर्न गएका संचारकर्मीलाई इटहरी उपमहानगरपालिका वडा ४ को मतदान केन्द्र इटहरी उपमहानगरपालिका भवन परिसरको मुख्य गेटमा सुरक्षाकर्मीले पत्रकारलाई मतदानको दिनको सवारी अनुमति पत्र ल्याउनुस् भन्दै रोके । यसबारेमा तत्काल सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, इलाका प्रहरी कार्यालय इटहरीको डीएसपी खगेन्द्रबहादुर खड्का र सुनसरीका मुख्य निर्वाचन अधिकृत कैलाश सुवेदीलाई नेपाल पत्रकार महासंघ सुनसरीका उपाध्यक्ष गणेश निरौलाले फोन गर्नु परेको थियो । प्रहरीलाई पत्रकारसंग कुन कस्तो कुन निकायले दिएको परिचय पत्र माग्नु पर्ने हो थाहा नहुनु स्वभाविक होला तर नेपाल सरकारका अधिकृत स्तरका कर्मचारी मतदान अधिकृतले समेत मतदानको दिनको सवारी अनुमपतत्र पत्रकारसंग माग गर्दा नेपाल सरकारका कर्मचारीको योग्यता, क्षमतामा प्रश्न गर्नु पर्ने अवस्था आएको थियो ।
पत्रकारहरुलाई सम्बन्धित संचार गृहले परिचय पत्र दिएको हुन्छ, नेपाल पत्रकार महासंघले परिचय पत्र दिएको हुन्छ र सूचना विभागबाट पत्रकारहरुले प्रेस पास लिएको हुन्छन् । नेपाल सरकारका कर्मचारीले सूचना विभागले दिएको परिचय पत्र छँदा छँदै पनि अर्को अनुमति पत्र माग्नुको अर्थ के होला बुभ्mन सकिएन ? सूचना विभाग भनेको के हो भनेर नबुझेका हुन सक्छन् र नेपाल सरकारको छाप लागेको कार्ड देखाएपछि कम्तिमा आफूले नजाने अरुलाई सोध्नु पर्ने हो तर लिडेढिपी गर्दै सवारी अनुमति पत्र माग्ने काम भयो ।
इटहरी वडा नं.९ जनता मावि केन्द्रमा खटिएका मतदान अधिकृत अरुण राजलवटले गेट भित्र प्रवेश गर्न दिएनन् नेपाल पत्रकार महासंघका उपसभापति गणेश निरौलले सिडिओसंग मोवाइलमा कुरा गराउँदा पनि जबरजस्ती उनले आप्mनै गोजीको नियम लाद्ने कार्य गरे । उनले छुट्टै डेस्क राख्ने आदेश छ रिपोर्टिङ गर्न मिल्दैन भने पछि पत्रकारहरुले खैत पत्रकारहरुलाई समाचार लिन डेक्स कहाँ छ भनेर जिज्ञासा राख्दा अहिले भिडभाड भएकाले राख्न नसकिएको बताए । यसै गरी अपबाद बाहेक अन्य धेरै ठाउँका मतदान अधिकृतले पत्रकारहरुलाई असहयोग गरेको बताए । यति सम्मकी इटहरी उपमहनगरपालिका वडा नं. ८ मा भोट खसाउन गएका पत्रकारले लाएको पत्रकार लेखिएको ज्याकेट खोलेर मात्र भित्र जाना सुरक्षाकर्मीले निर्देशन दिए माथिका घट्नाक्रमले संचारकर्मीहरु उपर कर्मचारी र सुरक्षाकर्मीहरुले कस्तो व्यवहार गरेछन् छर्लङ्ग पारेको छ ।
त्यसो त सबै मतदान अधिकृतले पत्रकारहरुलाई अपमानजनक व्यवहार गरेका होइनन् केहीले सम्मानजनक व्यवहार र समाचार संकलनमा सहयोग गरेका थिए। जस्तो इटहरी उपमहानगरपालिका वडा नं. १२ मा खटिएका मतदान अधिकृत सुधिर साफीले पत्रकारहरुलाई कुनै कसर बाँकी नराखी समाचार संकलनमा सहयोग पु¥याएका थिए । त्यसै गरी रामधुनी पकली मावि केन्द्रका मतदान अधिकृत रामदेव साहले पनि पत्रकारहरुलाई सम्मान जनक व्यवहार गरेका र पत्रकारहरुले मागेको सबै सूचनाहरु उपलब्ध गराएका थिए ।
इटहरी उपमहानगरपालिका वडा नं. १० को मतदान केन्द्रमा खटिएका मतदान अधिकृत गोपाल भगतले निर्वाचन आयोगले मतदाता परिचय पत्र र मतदाता नम्बरमा नमिलाएका कारण मतदाता नामावलीमा मतदाताको नाम खोज्न घण्टौसम्म समय लागेकाले मतदान कार्य ढिला भएको बताए । मतदान अधिकृत गोपाल भगतका अनुसार एउटै अल्फावेटको मत दाता नामावली ३ ठाउँमा विभाजित गरिएको छ मतदाताहरुको नाम फेला नपरे पछि एता बाट उता उताबाट एता जानु पर्दा उनीहरु जङ्गिनु स्वभाविक रहेको बताए । नेपाल भरी यो समस्या हो आगामी दिनमा निर्वाचन आयोगले यसलाई सहज बनाउनु पर्छ भने । इटहरी वडा नं. १२ का मतदाता खेम पराजुलीले नाम खोज्न आधाघण्टा बन्दा बढी समय लाग्छ । निर्वाचन आयोगको यो अनविज्ञता हो जनतालाई सहज सजिलो बनाउनु पर्नेमा झन समस्या थपि दिएको छ । मतदाता परिचय पत्रमा मतदाता नं. एउटा छ मतदाता नामावलीमा अर्को नम्बर छ यो सब लापरबाही हो आगामी दिनमा यस्तो लापरवाही हुन नहुन बताए । त्यसै गरी इटहरी–१२ को मतदाता शेषराज पोखरेलले मतदाता परिचय पत्र र मतदाता नामावलीमा नाम कसरी भिडाउने भन्ने बारेमा कर्मचारीहरुलाई कुनै तरिका थाहा छैन । कर्मचारीलाई तालिमको आवश्यक पर्ने बताए । उनले अगाडी भने कर्मचारीले नाम खोज्न नसक्दा मतदाताहरु झर्केर मत नहाली घर फर्केका छन् । मतदाता नम्बर अनुसार मतदाता नामावलीमा नाम भेटिदैन यो निर्वाचन आयोगको कमजोरी हो भने । इटहरी– मतदाता रेखा ढकालले नाम रुजु गर्न २ घण्टा लागेको बताइन् ।

280282930_310192534465874_6758055032699860620_n 280467415_1062928554339997_547970766803824283_n 280149358_3143703835883837_5713303838659687280_n

विराटनगर महानगर क्षे ...

विराटनगर । विराटनगर महानगरपालिका क्षेत्रभित्र १ सय ९१ ज ...

राउण्ट टेवल नेपालद्व ...

विराटनगर । राउण्ट टेवल नेपालले गरिब तथा विपन्न र जेहेन् ...

सुनको मूल्य प्रतितोल ...

काठमाडौं । स्थानीय बजारमा सुन र चाँदीको मूल्य बढेको छ । ...

संगित चोकका व्यवसायी ...

इटहरी । इटहरी बजार क्षेत्रलाई आगलागीबाट सुरक्षित राख्न ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]